• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

जापानमा अत्याधिक गर्मी बढेपछि प्राकृतिक विपत्ति घोषणा

जापानमा अत्याधिक गर्मी बढेपछि प्राकृतिक विपत्ति घोषणा


समायोजन खबर
  • मंगलबार, साउन ८ २०७५

  • समायोजन खबर टोकियो,
    जापानमा अत्याधिक गर्मी बढेपछि प्राकृतिक विपत्ति घोषणा गरिएको छ । गर्मीका कारण एक सातामा ६५ जनाको मृत्यु भएपछि जापानको मौसम एजेन्सीले देशभरी चलेको तातो हावाको आँधीलाई प्राकृतिक विपत्ति घोषणा गरेको हो । एजेन्सीले गर्मीको स्तर धेरै देखिएकाले सर्वसाधारणलाई सजग सचेत समेत गराएको छ ।

     

    हिजो जापानको कुमागया शहरको तापक्रम ४१ दशमलब १ डिग्री सेल्सियस मापन गरिएको थियो जुन जापानमा अहिलेसम्मकै उच्च तापक्रम हो । टोकियो शहरमा पहिलो पटक पनि ४० डिग्री भन्दा धेरै मापन गरिएको छ । जापानको मौसम पुर्वानुमान एजेन्सीले अगस्टको पहिलो सातासम्म गर्मी कम नहुने र तापक्रम ३५ डिग्री भन्दा धेरै हुने भएकाले सर्वसाधारणलाई सजग रहन आग्रह गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले खबर लेखेका छन् । साभार, अन्तराष्ट्रिय सञ्चार माध्यम

    २०७५ साउन ८ गते साँझ ६ : १० बजे प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology