समायोजन खबर खोटाङ, रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर बेपत्ता भएका खोटाङका नौ जना अझै सम्पर्कमा आएका छैनन्। विभिन्न कामको सिलसिलामा रसुवा पुगेकाहरु भदौ १० गते आएको बाढीमा परेर बेपत्ता बनेका थिए।
बेपत्ता बन्नेहरुमा पर्यटक गाइडको काम गर्ने ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कका ४१ वर्षीय बाल कुमार तामाङ, सुरुङमार्ग भित्र काम गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका २७ वर्षीय सुर्ज बहादुर परियार, रसुवा मैलुङ आर्मी पोष्टमा कार्यरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका ३२ वर्षीय पवन खत्री दाहाल, रसुवा क्षेत्रमा गाडि चालक काम गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कका ४३ वर्षीय कविन राई रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
यस्तै ,ट्रेकिङ गाइड काम गर्ने ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क लबुवाका ५३ वर्षीय युवराज राई, ३३ वर्षीय यस बहादुर राई, गाडि चलाउने काम गर्ने हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका २५ वर्षीय बिपन बिक, ट्रेकिङ गर्न गएको जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङका प्रज्ञान राई र हाइड्रोमा काम गर्ने हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका २२ वर्षीय सुरज परियार बेपत्ता छन्।
बेपत्ताहरुको खोज तथा उद्धारका लागि आफन्तले विवरण दिएको प्रहरीले जनाएको छ । उक्त बाढीमा आफन्त हराएको वा बेपत्ता भएको भए सम्पर्कमा आइदिन आफन्तलाई प्रहरीले आग्रह गरेको छ।यसैबीच, बाढीमा बेपत्ता भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका २३ वर्षीय रुपेश परियार हालै परिवारको सम्पर्कमा आएको परिवारबाट जानकारी आएको प्रहरीले जनाएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology