Samayojan khabar

Advertisment

SKIP THIS

शेर्पा संघ कतारको अध्यक्षमा रबिन शेर्पा चयन

शेर्पा संघ कतारको अध्यक्षमा रबिन शेर्पा चयन


समायोजन खबर
  • शनिबार, असार २८ २०८२

  • शेर्पा संघ दोहा कतारको अध्यक्षमा चयन हुनुभएका रबिन शेर्पा।

    समायोजन खबर खोटाङ, शेर्पा संघ दोहा कतारको अध्यक्षमा रबिन शेर्पा चयन हुनुभएको छ। कतारको सनैयाँस्थित फूलबारी रेस्टुरेण्टको सभाहलमा असार २७, जुलाई ११ मा भएको पाँचौ अधिवेशनबाट खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका शेर्पा सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो।

    अधिवेशनले शेर्पाको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति चयन गरेको छ। संघको उपाध्यक्षमा ल्हेमी शेर्पा, महिला उपाध्यक्षमा सुनिता शेर्पा, महासचिवमा गम्बु शेर्पा, सचिवमा प्रदीप शेर्पा, कोषाध्यक्षमा सोनम डोल्मा शेर्पा र सह कोषाध्यक्षमा लाक्पा डेन्डी शेर्पा चयन भएका छन्।
    सदस्यहरुमा कल्देन शेर्पा, याङडु शेर्पा, सेन्जा शेर्पा, ल्हामु शेर्पा र तेन्डी शेर्पा रहेका छन्। वरिष्ठ उपाध्यक्ष पद खाली राखिएको र अन्य दुईजना सदस्य पछि मनोनित गरिने संघका अध्यक्ष शेर्पाले बताउनुभयो।

    शेर्पाहरुको हकहित र अधिकारको खोजी गर्न तथा धर्म, संस्कार संस्कृति संरक्षण र प्रवद्र्धनको पाटोमा काम गर्ने उद्देश्यले सन २०१७ मा कतारमा शेर्पा संघको स्थापना भएको थियो। संघको कार्यकाल दुई वर्षको हुनेछ।
    शेर्पा संघ दोहा कतारका अध्यक्ष पेम्बा शेर्पाको अध्यक्षता तथा जनजाती महासंघ कतारका अध्यक्ष राकेश श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका प्रथम उपाध्यक्ष कृष्ण पन्थी लगायतको उपस्थिति थियो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology