समायोजन खबर खोटाङ, खोटाङको केपिलासगढी गाउँपालिका–७ सुङदेलस्थित सुर्य माध्यमिक विद्यालयमा राहत कोटामा कार्यरत शिक्षक भानुभक्त राईको कुटपिट र ढुंगा प्रहारबाट मृत्यु भएको पुष्टि भएको छ।
भोजपुरको साल्पासिलिछो गाउँपालिका–५ दोभाने माबुस्थित भदौरे मेला घुम्न आएका ३९ वर्षीय राईको भदौ ११ गते राती ११ बजेर ४५ मिनेटमा स्थानीयको कुटपिट र ढुंगा प्रहारबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक सूचना अधिकारी महेन्द्र पराजुलीले जानकारी दिए।
शिक्षक राईलाई पूरानो विवादका कारण उठाई कुटपिटमा संलग्न भएको ११ जना शंकित व्यक्तिलाई घट्नापछि खोजतलास गरी पक्राउ गरी १४ भदौमा भोजपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको सूचना अधिकारी पराजुलीको भनाई छ।
पक्राउ पर्नेमा एकै गाउँ केपिलासगढी गाउँपालिका–७ सुङदेलका २१ वर्षीय प्रबेस भन्ने सागर कोयी राई, मौली भन्ने २१ वर्षीय प्रतिक राई, माइकल भन्ने २५ वर्षीय निशान राई, २३ वर्षीय सुशिल राई, शेर बहादुर भन्ने ३२ वर्षीय अमर राई, उमेश भन्ने ३० वर्षीय उमेश दुमी राई, ३५ वर्षीया तारादेबी राई, ४८ वर्षीया सुमिता राई, ४३ वर्षीया तेज कुमारी राई, १९ वर्षीया देबिका राई, २० वर्षीया चन्द्रकला राई रहेकी छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology