Samayojan khabar

Advertisment

SKIP THIS

केपिलासगढीमा बजेटमा शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

केपिलासगढीमा बजेटमा शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता


समायोजन खबर
  • मंगलबार, असार ९ २०८३

  • समायोजन खबर खोटाङ, खोटाङको केपिलासगढी गाउँपालिकाले ४७ करोड ५१ लाख ५ हजार १७० रुपैयाँ बजेट ल्याएको छ।

    गाउँपालिकाको सभाहलमा मंगलबार भएको १९ औं गाउँसभामा गाउँपालिका उपाध्यक्ष गुरुराज राईले आर्थिक वर्ष २०८३/०८४ का लागि उक्त बजेट प्रस्तुत गरेका हुन्। बिनियोजित कूल बजेटबाट पूंजिगत खर्चलाई १७ करोड १२ लाख ५१ हजार र चालू खर्चलाई ३० करोड ३८ लाख ५४ हजार १७० रुपैयाँ बिनियोजन गरिएको छ।

    क्षेत्रगततर्फ आर्थिक विकासलाई ६ करोड १ लाख २६ हजार ८६०, सामाजिक विकासतर्फ २२ करोड ७५ लाख ६२ हजार ५००, पूर्वाधार विकासतर्फ ९ करोड १५ लाख ८० हजार ६१५, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रलाई ८९ लाख ५० हजार ५०० र कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ ८ करोड ६८ लाख ८४ हजार ६९५ रुपैयाँ बिनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत सौधन राईले जानकारी दिए।

    गाउँपालिकाले शिक्षालाई मात्र १६ करोड ८५ लाख ६८ हजार ५१०, कृषिमा ४ करोड ३७ लाख ५१ हजार ६४०, स्वास्थ्यमा ३ करोड ५६ लाख ८५ हजार ६६८, खानेपानीलाई २ करोड ९१ लाख १२ हजार ५००, पर्यटनमा १ करोड ६१ लाख ११ हजार, सिंचाईमा १० लाख ५० हजार र विपद व्यवस्थापन कोषमा १० लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ। शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिंदै बजेट बिनियोजन गरिएको गाउँपालिका अध्यक्ष समिर राईले बताए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology