समायोजन खबर खोटाङ, खोटाङको साकेला गाउँपालिकाले डिजिटल माध्यमद्धारा पठनपाठन सुरु गराउने तयारी गरेको छ।
गाउँपालिकाभरीको २८ वटै सामुदायिक विद्यालयमा डिजिटल शिक्षण प्रणाली विस्तार गर्ने लक्ष्यले डिजिटल माध्यमको तयारी गरेको हो।
त्यस अन्तर्गत असार १४ गतेदेखी गाउँपालिकाभरीका कक्षा ६ देखि १२ सम्म अध्यापन गर्ने शिक्षक-शिक्षिकाहरूलाई बालबालिका मावि नौलाखर्कमा असार १७ गतेसम्म नमुना डिजिटल विद्यालय तालिम दिन थालिएको छ।
डिजिटल माध्यमद्धारा पठन पाठन गराउने कार्यका लागि पहिलो चरणमा ३६ वटा स्मार्ट बोर्ड खरिद गरेर, छ वटा माध्यमिक विद्यालयलाई हस्तान्तरण गरिएको छ। ती विद्यालयमा यसै शैक्षिक सत्रदेखि डिजिटल माध्यमबाट पठनपाठन सुरु हुने गाउँपालिका अध्यक्ष रविप्रकास राईले बताए।
सामुदायिक विद्यालयको शिक्षण प्रणालीलाई प्रविधिमैत्री, व्यवहारिक र भविष्यमुखी बनाउन डिजिटल युगको सुरुवात गरिएको अध्यक्ष राईले बताए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology