Samayojan khabar

Advertisment

SKIP THIS

श्रमदानबाट विद्यालय संरक्षण अभियान सुरु

श्रमदानबाट विद्यालय संरक्षण अभियान सुरु


समायोजन खबर
  • आइतबार, साउन १७ २०८३

  • समायोजन खबर खोटाङ, खोटाङको साकेला गाउँपालिका पहिरोका कारण जोखिममा रहेको विद्यालय संरक्षणमा जुटेकोे छ। वर्षाका कारण बाँझेच्यानडाँडाको डाँडागाउँस्थित सरस्वती आधारभूत विद्यालयको पर्खाल भत्किएर विद्यालय जोखिममा परेको थियो।

    जोखिममा परेको विद्यालय जोगाउन “साकेला श्रम अभियान” अन्तर्गत साउन १६ गतेदेखी रिटेनिङवाल निर्माण कार्य श्रमदानबाट सुरु गरिएको छ।

    बाँझेच्यानडाँडाका वडाध्यक्ष हेमन राईको संयोजन तथा गाउँपालिका अध्यक्ष रविप्रकाश राईको नेतृत्वमा सञ्चालन गरिएको श्रमदान अभियानमा जनप्रतिनिधि, शिक्षक, अभिभावक र स्थानीयवासीसहित ७० जनाभन्दा बढीको सक्रिय सहभागीता छ।

    रिटेनिङवालका लागि आवश्यक सिमेन्ट गाउँपालिकाले उपलब्ध गराउने र अन्य सामाग्री जुटाउने तथा कामहरु भने श्रमदानबाट भईरहेको वडाध्यक्ष राईले बताउनुभयो। श्रमदानमा सहभागीका लागि बेलायतमा बसोबास गर्दै आएका सोही गाउँका स्थानीय समाजसेवी दीपक राईले खाजाको व्यवस्थापन गर्नुभएको छ।

    सामूहिक श्रमदान गर्दै विद्यालयलाई तत्काल जोखिममुक्त बनाउने कार्य अघि बढाईएको गाउँपालिका अध्यक्ष राईले बताउनुभयो। “साकेला श्रम अभियान” ले विपद् व्यवस्थापन, सार्वजनिक पूर्वाधार संरक्षण, सामुदायिक सहभागिता र सामाजिक एकताको प्रभावकारी नमुना प्रस्तुत गर्दै स्थानीय तहमा श्रम संस्कृतिलाई संस्थागत बनाउने अभियानका रूपमा निरन्तर विस्तार भईरहेको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology