समायोजन खबर खोटाङ, वैदेशिक रोजगारीमा अझै कानूनी सुरक्षाको अभाव देखिएको छ। वैदेशिक रोजगारी सम्बन्धीका समस्याहरु न्यूनिकरणमा पत्रकार र सामी कार्यक्रमको समन्वयत्मक भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा वैदेशिक रोजगारीमा अझै कानूनी सुरक्षाको अभाव देखिएको जानकारी दिईएको छ।
दिक्तेलस्थित एल्लो हाउसमा बुधबार भएको अन्तरक्रियामा वैदेशिक रोजगारीका सिलसिलामा बदलिदो ठगी प्रवृत्ति, पीडितलाई ढिलो कानूनी उपचार, आवश्यक प्रमाणको अभाव र अलपत्र पर्ने घट्नाहरुका कारण वैदेशिक रोजगारीमा कानूनी सरक्षाको अभाव देखिएको सुरक्षित आप्रवासन(सामी)कार्यक्रम संयोजक सन्तोष राईले जानकारी दिनुभयो।
कार्यक्रम संयोजक राईले सामी कार्यक्रमको वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै श्रम स्वीकृती लिएर जेठ महिनामा मात्रै खोटाङबाट पुरुष ७३६ जना र महिला ८४ जना गरी ८२० जना वैदेशिक रोजगारीमा गएको तथ्याङक सार्वजनिक गर्नुभयो।
कार्यक्रममा आर्थिक सहायता, ठगी रकम लगायत गरी २ करोड ८७ लाख १९ हजार जिल्लामा आएको जानकारी दिईएको छ । वैदेशिक रोजगारी सम्बन्धी ठगीका ४४ वटा केश वापत ६७ लाख २० हजार ५ सय दाबि गरिएको छ।
श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा गई करार अवधिभित्र मृत्यु भएका वा पूर्णरुपमा अशक्त वा गम्भीर बिरामी भएका कामदारका बालबालिकाको लागि वैदेशिक रोजगार वोर्डले दिने छात्रवृत्तिका लागि १८ वर्षमूनिका बालबालिकाहरुको लागि आधारभूत तहसम्मका लागि १२ हजार र माध्यमिक तहसम्मका लागि १६ हजार पाउनेगरी चालू आर्थिक वर्षमा २८ जना बालबालिकाको नाम सिफारिस गरिएको सामी कार्यक्रम संयोजक राईले बताए।
सामीले न्यायमा पहुँच, मनोसामाजिक परामर्श सेवा, वित्तिय साक्षरता, सूचनामा पहुँच र सीप तालिममा पहुँच पु¥याउनेजस्ता पाँचवटा क्षेत्रमा काम गर्दै आएको छ।सामी कार्यक्रम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, केपिलासगढी गाउँपालिका, खोटेहाङ गाउँपालिका, रावाबेंशी गाउँपालिकामा सञ्चालित छ।
यसैबिच, विदेशवाट फर्किएर आएकालाई पुनःएकिकरण गर्ने रेमी परियोजनाका विषयमा पनि समिक्षा गरिएको थियो । रेमीले आर्थिक पुनः एकिकरण, सामाजिक एकिकरण, दिगो पुनःएकिकरणको आधारभूत मार्गदर्शनमा काम गर्दै आएको कार्यक्रम संयोजक ओजोनबाबु आचार्यले बताए।
कोशी प्रदेशका १० वटा नगरपालिकामा रेमी परियोजन सञ्चालित छ। त्यसभित्र खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा परीक्षणका रुपमा परियोजना चलिरहेको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology