• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मुडाले किच्दा मृत्यु

मुडाले किच्दा मृत्यु


समायोजन खबर
  • शुक्रबार, साउन २९ २०८३

  • फाइल फोटो

    समायोजन खबर खोटाङ, खोेटाङमा उत्तीसको लक्कडी (मुडा)ले किच्दा एक पुरुषको मृत्यु भएको छ। दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरीस्थित धापमा मुडाले किच्दा धनकुटा पाख्रिबास नगरपालिका–३ पाख्रिबासका अन्दाजी ३५ वर्षीय लिला मगरको मृत्यु भएको हो।

    को २ त ९६९९ नम्बरको ट्याक्टरमा शुक्रबार बिहान ४ बजे मुडा लोड गर्ने क्रममा ट्याक्टरको डालाबाट मुडासँगै लडि झर्दा डालामा उभिरहेका मगरलाई मुडाले किच्दा घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

    मुडा लोड गर्न प्रयोग भएको ट्याक्टर र त्यसका चालक धनकुटा महालक्ष्मी नगरपालिका–३ चनुवाडाँडाका १९ वर्षीय सुनिल गुरुङलाई अस्थायी प्रहरी चौकी सछितापोखरीले नियन्त्रणमा राखेको छ।मृतकका आफन्त धनकुटाबाट घट्नास्थल आएपछि मात्र कानुनी प्रक्रिया सुरु गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology