• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

विष्ट परिवारले पाए आर्थिक सहायता

विष्ट परिवारले पाए आर्थिक सहायता


समायोजन खबर
  • मंगलबार, जेष्ठ २९ २०८१

  • मृतक गोपाल विष्टको घरमा आप्रवासी श्रोत उपकेन्द्र खोटाङबजारका कर्मचारी र विष्टका परिवार।

    समायोजन खबर खोटाङ,बैदेशिक रोजगारीबाट छुट्टीमा घर आउने क्रममा बाटोमै मृत्यु भएका खोटाङको खोटेहाङ गाउँपालिका–५ चिप्रिङका गोपाल विष्टको परिवारले आर्थिक सहायता पाएको छ।

    रोजगारी गर्न मलेसिया पुगेका विष्टको छुट्टीमा घर आउने क्रममा गत माघ ९ गते खोटाङ र उदयपुर जोड्ने सुनकोशी नदीमाथिको झोलुङगे पुलबाट खसेर ज्यान गएको थियो।

    विष्टको ज्यान गएपछि खोटेहाङ गाउँपालिकाद्धारा सञ्चालित सुरक्षित आप्रवासन कार्यक्रम सामी अन्तर्गत आप्रवासी श्रोत उपकेन्द्र खोटाङबजार र खोटेहाङ गाउँपालिका उपाध्यक्ष रुपेश राईको पहल र सहजीकरणमा बैदेशिक रोजगार बोर्डबाट सात लाख र ज्योति लाइफ इन्स्योरेन्सको म्यादी जीवन बीमामार्फत १३ लाखसहित २० लाख आर्थिक सहायता पाएका हुन्।

    आर्थिक सहायताको रकम विष्टको श्रीमती चन्द्रकलाको बैंक खातामा बोर्डले जेष्ठ २२ गते र इन्स्योरेन्सले बैशाख २२ गते जम्मा गरिदिएको आप्रवासी श्रोत उपकेन्द्र खोटाङबजारका सूचना परामर्शकर्ता युवराज कालिकोटेले जानकारी दिए।

    एसभी एसोसिएट काठमाण्डौमाफर्त २०७८ जेष्ठ २६ गते मलेसिया पुगेका विष्ट २०८० माघ ४ गते काठमाण्डौ ओर्लेर पाँच दिनपछि उदयपुर हुँदै घर आउँदा पुलबाट खसेका थिए । विष्टको श्रीमती, दुई छोरा र एक छोरी छन्।

    बैदेशिक रोजगार बोर्डले करार अवधिमा मृत्यु भएका व्यक्तिको परिवारलाई किरिया खर्च लगायतका लागि सात लाख आर्थिक सहायता गर्दै आएको छ।

    https://www.facebook.com/samayojankhabar/videos/488910697135181

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology