
हिमालयन शेर्पा सास्कृतिक केन्द्रद्धारा राजधानीको गौसल्लास्थित सिफल मैदानमा आयोजित उक्त कार्यक्रम स्वास्थ्य मन्त्रि गगन थापाले उदघाटन गरेका छन । केन्द्रले ल्होसारको अवसरमा बार्षिक रुपमा लोसार गुथुक सााझ आयोजना गर्दै आएको छ । शनिबारदेखिन ३ दिनसम्म हुने हुने ल्होसार गुथुक साझ कार्यक्रममा स्वास्थ्य मन्त्री थापाले शेर्पा जातीको महान चाढ ल्होसारको शुभकामना दिदै यस्ता राष्ट्रिय पर्वहरुलाई राज्यले समान व्यवहार गर्दै आएको बताएका छन ।
शेर्पा समुदायको यो महान पर्व लोसार पर्वमा आफुलाई आमन्त्रण गरेकोमा मन्त्री थापाले आयोजकहरुलाई धन्यवाद दिएका थिए । कार्यक्रममा आङ तेन्जिङ शे
र्पाको पहिलो एल्वम सोल्टीनीज्यूको विमोचन समेत मन्त्री थापाले गरेका थिए । त्यस्तै दोश्रो दिन आइतवार हुने बृहत स्याबु्र नृत्य प्रतियोगिता र शेर्पा भाषामा वक्तृत्वकला प्रतियोगिता समाजसेवी एव पुर्व सभासद जिप छिरीङ शेर्पाको प्रमुख आतिथ्यिमा हुन गइरहेको छ भने सोमबारको हुने समापन कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल
को प्रमुख आतिथ्यिमा हुनगइरहेको आयोजकले जानकारी दिएको छ । शनिबार भएको कार्यक्रममा शेर्पा समुदायका कलाकार, बरिष्ठ गायक लाक्पा शेर्पा त्यसैगरि हिमालयन शेर्पा सांस्कृतिक केन्द्रका कलाकारहरुको प्रस्तुति रहेको थियो ।