समायोजन खबर खोटाङ,खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले लेटरहेडमा किरात लिपी सुरु गर्ने भएको छ। आर्थिक वर्ष २०८२/०८३ देखि लागू हुनेगरी लेटरहेडमा नेपालीसँगै किरात लिपी सुरु गर्ने भएको हो।
अबदेखि नगरपालिकाको लेटरहेडको टपमा नेपालीबाट र त्यसको मूनि किरात लिपीमा ‘दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका’ लेखिनेछ।
लेटरहेडमा किरात लिपी प्रयोगमा ल्याउन नगरपालिकाले गत असार ९ गतेको नगरसभामा प्रस्ताव ल्याएको थियो। उक्त प्रस्तावलाई सभाले स्वीकृत गरेपछि साउन १ गतेबाट किरात लिपी प्रयोगमा ल्याइने नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभयो।
नगरभित्रका भाषा, संस्कार, संस्कृति, बहुसंख्यक जातिको भावनालाई सम्मान गर्दै प्रदेश सरकारसँगको सहकार्यमा विभिन्न जातजाति, समुदायको धार्मिक तथा सांस्कृतिक पूर्वाधार निर्माण कार्य अगाडी बढाउने,कार्यक्रमहरु सञ्चालन गर्ने,साँस्कृतिक सङग्राहलयहरुको निर्माण कार्यको लागि पहल गर्ने नगरपालिकाले नीति तथा कार्यक्रम ल्याएको छ।
यस्तै, नगर क्षेत्रभित्र रहेका ऐतिहासिक स्थलहरू, सबै जातजातिहरूको सांस्कृतिक सम्पदाहरूको खोजी, अध्ययन–अनुसन्धान गरी सूचीकृत गर्ने, संरक्षण, प्रवद्र्धन गर्ने पनि नगरले नीति तथा कार्यक्रम ल्याएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology