फुर्बा शेर्पा/समायाेजन खबर /टाेक्याे
तामाङ समुदायमा डम्फुको आफ़्नै कथा रहेको बिस्वास छ । तम्बाको भनाई अनुसार कुनै समय पेंग दोर्जे नामको एक व्यक्ति जो शिकारी थिए, ऊ जंगल गएर जनावरहरू मार्नेकाम गर्थ्यो । सदा झै शिकार खेल्न जंगल गए र मृग मारेर घर ल्याए । यसरी मारेर ल्याएको मृग देखेपछि शिकारी अर्थात पेंग दोर्जेको पत्नी धेरै दुखी भईन किनकी मृग सार्है सुन्दर थिईन । त्यस दिन देखि उनी रोएको रोयै भएपछि पेंग दोर्जेले आफ्नो श्रीमती लाई ख़ुशी पार्न धेरै उपाय हरू रचे एक दिन जंगलमा गएर ४ फ़ीट लामों अम्बू सिंङ( डम्फु बनाउदा प्रयोग गर्ने एक किसिमको बिशेष काठ ) भन्ने काठ लिएर आए त्यसपछि उसले त्यो काठलाई ४ चौडा भएको गोलो चक्र बनाए उसले बॉंसको ३२ वटा इन्चको चौडा भएको गोलो चक्र बनाए. उसले बाँसको ३२ वटा स-साना लठ्ठी पनि बनाए.
त्यसपछि उसले ३२ वटा स-साना बाँसको लठ्ठीको मद्दतले गोलो चक्रको एकातर्फ मृगको सुकेको छाला टांगे. गोलो चक्रले सुमधुर आवाज सृष्टि गरे – “तक-धिन”. उसले त्यस भर्खरै आविष्कार गरेको साधनको तालसंग आफ्नो पुर्खाहरु र
देवताहरूक सम्झेर गाउनथाले। सुन्दरताका साथ सृष्टि गरिएको माधुर्य लय सुनेपछि सबै प्राणीहरू नाच्न थाले र आफ्नो पत्नी पनि नाच्न थाले. त्यसै बीच डाँफे नाम गरेको चरा पनि नाच्दै थिए.
त्यसैले पेंग दोर्जेले उक्त चक्रलाई डम्फू भनेर नामकरण गरे. त्यसपछि डम्फू तामाङ जातिहरुको
संस्कृति र जीवन शैलीको एक अभिन्न अंग बने. तामाङ जातिहरु विभिन्न विवाह समारोह, अन्त्येष्टि समारोह, विशेष अवसरहरूमा, संस्कार र चाडहरूमा डम्फू प्रयोग गर्छन.
तामाङ जातिहरु डम्फूको साथमा आफ्नो सुख-दूख ब्यक्त गर्छन् ,पुर्खाहरु सम्झेर गीतको माध्यमबाट आफ्नो इतिहास सुनाउछन् . डम्फू बुद्ध र बोधिसव्त्वको प्रतीक पनि हो. ३२ वटा लठ्ठीले बुद्धको ३२ वटा प्रतिक झलकॉउछ .
तामाङ जातिका मानिसहरुले नाच्ने प्रमुख नाच डम्फु नाच हो । याे नाचको साथमा एक प्रकारको बाजा (मृगकाे छालाले मोडेर गोलो पारी बनाईएको) डम्फूबजाउंदै नाचिन्छ । यो विवाह उत्सव आदिमा नाचिन्छ । एकमात्र बाजा डम्फूको तालमा नाचिने हुँदा यसलाई डम्फू नाच भनिएको हो । यस नाचमा २ जना देखी ८/१० जनासम्म पनि नाच्न सकिन्छ ।
प्रदर्शन र समारोह अनि बिभिन्न सामाजिक साँस्कृतिक कामहरुमा मा साधारण प्रयोग हुने डम्फु काेइराला काठले निर्माण गरिएकाे हुन्छ ,गाेलाकार परिधिमा ३२वटा किलाहरु हुन्छन् ।
यसको भागहरु ले बुद्ध धर्मकाे संकेत गर्दछ ।
तामाङ जातिका कलाकारहरुले गाउने गीत संगीतहरुमा डम्फु बाजाकाे प्रयाेग गर्ने गरेकाे पाइन्छ ।तामाङ जातिहरुले डम्फु बजाएर गीत गाउने ब्यक्तिलाई तम्बा भन्ने गरिन्छ ।
(तामाङ जातिबारे- संक्षेपमा)
तामाङ नेपाल आदिवासी जनजाति भित्र पर्ने एक जात हाे ।तिनीहरू आफ्नै विशिष्ट संस्कृति, भाषा र धर्म छ। आफ्नो पैतृक भूमिलाई ताम्सालिङकाे रूपमा चिनिन्छ। ताम्सालिङ पूर्व मा दुधकाेशी,पश्चिमी बुढीगण्डगी देखि र दक्षिण मा चुरे वा शिवलिक पहाडहरु र उत्तरमा हिमालय क्षेत्रहरु पर्दछ ।
तामाङ नेपाल बौद्ध पालना गर्ने सबै भन्दा ठूलो जनसंख्या हो। पछिल्लाे जनगणना अनुसार कुल जनसंख्या करिब ४५ लाख रहेकाे छ ।नेपालका 92% तामाङहरुले आफ्नै मातृभाषा बाेल्दै आइरहेकाे पाइन्छ ।
मुख्यतया धादिङ, रसुवा, मकवानपुर, नुवाकोट, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, दाेलखा,सिन्धुली र रामेछाप जिल्लामा मुख्य रुपमा बसाेबास गर्दै आएकाे पाइन्छ ।
(सहकर्मी चसिला तामाङको सहयोगमा)
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology