काठमाडौं–मलमास कुन बर्ष देखि थप्ने भन्ने विवादले गत बर्ष माघ/फागुनमा परेको तामाङ समुदायको महान पर्व ल्होछार २८५४ नागी / खि ल्हो विवादमा तानिएको थियो | खासमा यो नेपाली पात्रो २०७४ साल देखि लागु हुने हो कि २०७५ देखि भन्ने थियो | त्यस बखत नेपाली पान्चंङ्ग समितिका ज्योतिषहरुले मलमास नपरेको ठोकुवा नै गरेका थिए | तर बुद्धिष्ट पात्रो अनुसार पुरा बर्षको क्यालनडर माघ /फागुन देखि अर्को बर्षको सोहि मिति सम्म बनाउन परेकोले मलमास परेको जिकिर गरेका थिए | कयौ तामाङ समुदायले मलमास सम्बन्धि धेरै बुझ्न पनि सकेनन् भने अग्रजहरुले राम्रो जति बुझाउनु पर्ने हो बुझाउन सकेनन् कि ? अहिले नेपाली पात्रोमा यस बर्ष जेठ १ गते देखि ३० मलमास अर्थात् अधिकमास परेको छ ।
नेपाली पात्रो – के हो मलमास?
यसवर्ष जेठ महिनामा मलमास परेकाले नवविवाहित जोडीहरुको हनिमुन योजना रोकिएको छ । वैदिक मान्यता अनुसार मलमासलाई अशुद्ध महिनाको रूपमा हेरिन्छ । मलमासका समयमा शुभकार्य गर्न नहुने धार्मिक मान्यता छ । नवविवाहित जोडीहरु यस अवधिभर सँगै बस्न र सुत्न हुँदैन।यो वर्ष जेठ १ गतेदेखि ३० गतेसम्म मलमास अर्थात् अधिकमास परेको छ ।
एक वर्षमा कुल ३६५ दिन र १२ महिना हुन्छ । सूर्यको गतिअनुसार गणना गरिने मासलाई सौरमास भनिन्छ भने चन्द्रमासको गतिको आधारमा गणना गरिने मासलाई चन्द्रमास भनिन्छ । सामान्यतया सैरमासमा सक्रान्तिदेखि मसान्तसम्ममा २९ दिनदेखि ३२ दिनसम्मको एक महिना हुन्छ । चन्द्रमासमा एक पूणिर्मादेखि अर्को पूर्णिमासम्म २९ दिन १२ घण्टा ४४ मिनेट र २४ सेकेन्डको एक चन्द्रमास हुन्छ । त्यस्तै सौरमासको गणना अनुसार एक वर्षमा जम्मा ३६५ दिन हुन्छन् । चन्द्रमास अनुसार ३५४ दिनमात्र हुन्छ । चन्द्रमानअन्तर्गत ३ सय ५४ दिनको एक वर्ष हुने भएकाले प्रत्येक १२ महिनामा ११ दिनको अन्तर पर्छ । यसरी झन्डै साढे दुई वर्ष भन्दा बढि अर्थात् ३२ महिना १६ दिन ४ घडीपछि थपिने एक महिना अधिकमास अर्थात् मलमासका रूपमा रहन्छ । ज्योतिष शास्त्र अनुसार १२ महिनाको अधिपति अरुण, सूर्य, भानु नाममा सूर्य रहने तर अधिकमासको अधिपत्य सूर्यले स्वीकार नगरेका र यसको अधिपत्य स्वयम् भगवान् पुरुषोत्तमले स्वीकार गरेकाले यो महिनालाई पुरुषोत्तम महिना पनि भनिन्छ । यस अनुसार हरेक ३२ महिना १६ दिन वितेपछि मलमास सुरु हुन्छ। साधारणतया ३२ महिना १६ दिन पछि मलमास हुन्छ । तर महिना भने फरक हुन्छ । १९ वर्षपछि त्यही महिना, त्यही दिनमा आउँछ।
मलमासमा शुभकार्य गर्नु हुँदैन र यो कालमा साइत पनि हुँदैनन् । त्यसैले महिनाभर विवाह, व्रतबन्ध जस्ता शुभकार्य गरिँदैन । दैनिक रूपमा गरिने स्नान, ध्यान, सन्ध्या, काज किरिया गर्न छेकथुन हुँदैन भनेका छन् । विवाह पछिको पहिलो वा विवाह गरेको वर्षमा पर्ने मलमासमा पतिको घरमा श्रीमती बसेमा सासूलाई कष्ट हुने, पतिपत्नीको संसर्गबाट गर्भधारण भई जन्मने शिशु रोगी हुने, पतिलाई कष्ट हुने विश्वास छ । त्यसैले नवविवाहिताले मलमास वार्ने गर्छन् । मलमासको समयमा नवविवाहित जोडीहरु अलग बस्नुपर्ने र गर्भधारण गर्न नहुने मान्यता छ । यस अवधिको गर्भधारणबाट भएको बच्चा राम्रो हुँदैन भन्ने मान्यता छ । मलमासको बेलामा गर्भ रह्यो भने बच्चा त जन्मिन्छ तर, त्यो बच्चाको भविष्य रेखा थाहा नहुने ज्योतिषीहरुको भनाई छ । यस अवधिको चिना मिलाउन गाह्रो हुन्छ । तर अहिलेको आधुनिक समयमा गर्भधारण बाहेको सहवास कायम गर्न हुने वा नहुने बारे शास्त्रमा कुनै उल्लेख छैन ।
@tamangonline.com
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology