गैह्र आवासीय नेपाली संघ, पोर्चुगलले कृषि क्षेत्रका कामदारहरुको निम्ती जनचेतना कार्यक्रम सन्चालन गर्ने।
गैह्र आवासीय नेपाली संघ, पोर्चुगलले कृषि क्षेत्रका कामदारहरुको निम्ती जनचेतना कार्यक्रम सन्चालन गर्ने।
समायोजन खबर
आइतबार, माघ २३ २०७३
समायेाजन खबर ,२१ माघ पेार्चुगल
गैह्र आवासीय नेपाली संघ पोर्चुगलले पोर्चुगलको अलेन्तेजो, फारो, अल्गार्भ क्षेत्रमा कार्यरत कृषि क्षेत्रमा कार्यरत नेपाली कामदारहरुको निम्ती जनचेतना कार्यक्रम सन्चालन गर्ने भएको छ्।
गैह्र आवासीय नेपाली संघ पोर्चुगलको हालै सम्पन्न सचिबालय बैठकको निर्णय अनुसार सघन रुपमा नेपाली कृषि कामदारहरु रहेको पोर्चुगलका बिभिन्न स्थानहरुमा कामदारहरुका बिभिन्न कानुनी तथा व्याबहारिक समस्याहरु, कामदारहरुको अधिकार तथा कर्तब्य, अध्यागमन सम्बन्धी अध्याबधिक जानकारीहरु, सरसफाइ, ट्राफिक निती नियमहरु, अत्याधिक मध्यपान तथा धुम्रपानका असरहरु एबम तनाबमुक्त जीबनयापन एबम स्वस्थ्य मनोरन्जनको आवश्यकता लगायतका बिषयहरुलाई समेटदै चेतनामुलक गोष्ठीहरुको आयोजना गरिने भएको हो।
उक्त चेतनामुलक गोष्ठीहरु सन्चालनको स्थानिय संयोजनको जिम्मेवारी गैह्र आवासीय नेपाली संघ, पोर्चुगलका सल्लाहकार तिलक गैह्रेलाई दिदै यथाशिघ्र संयोजक मार्फत कार्यक्रमको मिति तथा समय तय गरी कार्यक्रमहरु सन्चालन गरिने गरिने भएको छ।
फ्रान्स स्थित नेपाली राजदुत अम्बिका देवी लुइटेल, लिस्बनका लागि बाणिज्यदुत मकर हमाल, गैह्र आवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष भीम के सी कमल लगायतका ब्यक्तित्वहरुले गत महिना स्ठलगत रुपमा गरेको पोर्चुगलको कृषि क्षेत्रको अध्ययन भ्रमणको क्रममा यस्तो कार्यक्रमको आवश्यकता महसुस गरी कार्यक्रमको रुपरेखाको बिषयमा प्रारम्भिक छलफल भएको यो कार्यक्रमलाई नेपाली कन्सुलेट लिस्बनको पूर्ण सहयोग रहने भएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
सम्पर्क
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]