समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका छ जनालाई विदेश पठाउँछु भन्दै आठ लाख ९५ हजार ठगी गर्ने एकजना पक्राउ परेका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल सोल्मा,हाल मोरङको बेलबारी नगरपालिका–२ बेलबारी बस्ने ३३ वर्षीय प्रेम पुरी पक्राउ परेका हुन्।
पुरीलाई हिजो(आईतबार)अपरान्ह ४ बजे भक्तपुरको सुर्यविनायक नगरपालिका–२ बालकोटबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक एवंम् सूचना अधिकारी बेनु कार्कीले जानकारी दिए। पुरीलाई हिजैबाट लागू हुने गरी सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको कार्कीले बताए।
पुरीले दुबइको सेराटन होटलमा पठाइदिने भनि दिक्तेलका इन्द्र बहादुर खड्का(माइकल), कर्ण बहादुर खडका, राजेन्द्र खड्का, डिल्ली खत्रीबाट ५०–५० हजार, सोम बहादुर भण्डारीबाट ३५ हजार र जापान पठाईदिने भन्दै बाबुराम खड्काबाट छ लाख ६० हजार ठगी गरेका थिए। पीडितहरुले पुरीलाई २०७५ माघ ८ गते आईएमईमाफर्त पैसा पठाएको प्रमाणहरुबाट देखिन्छ।
आफूहरु ठगिएको थाहा पाएपछि पुरीको तीनवटा मोवाइल नम्बरमा पटक–पटक सम्पर्क गर्दा सम्पर्क नभएपछि पीडितहरुले माघ १७ गते जिल्ला प्रशासन कार्यालयमा पुरी विरुद्ध उजुरी दिएका थिए। उनीहरुको उजुरीको आधारमा फरार रहेका पुरी पक्राउ परेका हुन्।
ठगिएका पीडितहरुले १९ माघमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा सञ्चालित सुरक्षित आप्रावासन सामीले नगरको सभाहलमा ‘जिल्लामा बैदेशिक रोजगारको पछिल्लो अवस्थासहित सुरक्षित आप्रावासन सम्बन्धी’ पत्रकारहरुसँग गरेको अन्तरक्रियामा आफूहरुले न्याय पाउनुपर्ने बताएका थिए।
यो पनि पढ्नुहोस,अझै सुरक्षित छैन वैदेशिक रोजगार,आफन्तबाट धेरै ठगी
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology