• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खादा फेसन कि संस्कृति ?

खादा फेसन कि संस्कृति ?


समायेाजन खबर
  • शुक्रबार, पौस १४ २०७४

  •  

    फुर्वा शेर्पा,समायेाजन खबर

    बिशेषगरी बैाध्दधर्मावलम्बीहरूले जन्म,बिबाह,मृत्युलगायत बिभिन्न महत्वपुर्ण संस्कारहरूमा खादाकेा अधिकतम प्रयेाग गर्ने गर्दछन् । खादा यसेा हेर्दा सामान्य जस्तेा लागेपनि धार्मिक,सामाजिक हिसाबले महत्व बेाकेकेा पाइन्छ । अहिलेकेा परिप्रेक्ष्यमा खादाकेा प्रयेाग केबल बैाधद धर्मावलम्बीहरूमा मात्र सीमित नरहेर अन्य धर्मावलम्बीका मानिसहरूले पनि प्रयेाग गर्ने गरेकेा पाइन्छ । यसले एक अर्कामा धार्मिक सत्भाव र सहिष्णुता बढाएकेा छ ।

    बिभिन्न अै।पचारिक तथा अनैापचारिक कार्यक्रमहरूमा जेा केाहीले खादाकेा प्रयेाग गर्दछन् । बास्स्तवमा खादा के हेा ? खादाकेा प्रयेाग कसरी अनि कुन अवस्थामा गर्ने भन्नेबारे बैाध्दधर्मवालम्बी समुदाय भित्रका मानिसहरू पनि अनबिज्ञ जस्तै रहेकेा पाइएकेा छ । अन्य गैर बै।ध्द् धर्मावलम्बीहरूले खादाबारे प्रस्ट जानकारी नहुनु स्वाभाबिक नै मान्न सकिन्छ । जानेर हेास नजानेर ,बुझेर हेास या नबुझेर,थाह भएर हेास या नभएर खादाकेा प्रयेाग गर्नेहरू नेपालमा बढ्दै गएकेा पाइन्छ ।

    पछिल्लो समयमा नेपालमा खादा संस्कृति मूलधार बनिसकेको छ । कुनै पनि औपचारिक कार्यक्रममा अतिथीहरुलाई खादा लगाएर स्वागत गर्ने आम प्रचलन भइसकेको छ । विदेशका नेपालीहरुबीच त कुनै कार्यक्रममा झुक्किएर कसैलाई खादा लगाइएन भने अपमानको विषय बन्ने गरेकेा छ ।

    खादा बुद्ध धर्माबलम्बीमा मात्र सीमित नरहेका कारण यसको प्रयोग तथा आयात समेत असीमित बन्दै गएपछि हाम्रै उत्पादनबाट खादा किन नबनाउने भन्ने बहस केही समयदेखि शुरु भयो ।

    केही बर्ष अघि संस्कृति पर्यटन तथा नागारिक उड्ययन मन्त्रालयले बिदेशबाट अ।यात हुने खादाले वातावरण प्रदुषण हुने अनावाश्यक बस्तुमा राज्यकेाष खर्च हुने भन्दै सचिव प्रेम कुमार राइले निर्देशन जारी गरे लगत्तै बैाध्द मार्गीहरू र बिभिन्न अ।दीवासी जनजातिहरूले सर्बत्र बिरेाध जनाएकेा थियेा ।

     

    खादा के हेा ?

    खादा  बिशेष गरी शुभ कार्यमा प्रयेाग गरिने एउटा अनिबार्य बस्तु भएकाले यसकेा जति अ।वश्यकता छ त्यतिकै मात्रमा प्रयेाग गर्दा साबधानी तथा ध्यान दिनु अपरिहार्य अ।वाश्यकता छ । खादा प्राचीन कालहरूमा सेतेा रङमा मात्र पाइन्थ्येा तर पछि रङहरूकेा बिकास हुदै गएपछि सेतेा,पहेलेा,हरियेा ,निलेा ,रातेा गरी जम्मा ५ प्रकारकेा खादा चलनचल्तीमा अ।एकेा पाइन्छ । तर सेतेा खादाकेा प्रयेाग गर्नु बैाध्द धर्ममा उत्तम मानिन्छ ।

    सेतेा खादाकेा प्रयेाग गर्दा हल्का सेतेा नभएर गाढा सेतेा रङकेा खादा प्रयेाग गर्नुपर्दछ । साथै त्यसमा अ।ठ वटा अष्टमंगलमकेा चिन्ह अंकित हुनुपर्दछ साथै सेतेा खादा लामेा हुनु पर्दछ । उल्लेखित ३ वटा गुणभएका सेतेा खादा प्रयेाग गर्नुपर्दछ अन्यथा अनर्थ हुन्छ । सेतेा खादाले पबित्र अ।त्म भन्ने जनाउदछ ।मन भित्रकेा पनि अति उत्तम मन बेाधिचित्तकेा मन अति उत्तम मानिने भएकाले खादा चढाँउदा बेाधिचित्तकेा मन प्राप्त हेास भन्ने कामना तथा प्रार्थनाका साथ चढाए उत्तम र फलदायी हुने बिश्वास रहेकेा पाइन्छ ।

    खादाहरूमा अंकित ८ वटा शुभ मंगलकेा चिन्हहरूले कुनै शुभ कार्यहरूकेा शुभारम्भ गर्दा चाँढै मनेाकांक्षा साकार हुन्छ भन्ने धार्मिक बिश्वास छ । यी चिन्हहरूले जुनसुकै बखतपनि शुभ अनि शुख शान्ति प्राप्ति हुन्छ भन्ने जनाउदछ ।

    साधारणतया हामीले सेतेा खादा प्रयेाग गर्दा राम्रेा हुन्छ । हामीले चलनचल्तीमा अन्य रङका खादाहरूपनि प्रयेागमा ल्याइरहकेा पाउछैा ।पहेलेा खादा ,निलेा खादा ,हरियेा खादा ,रातेा खादा ।बिशेष गरी मंगेालियन देशहरूमा निलेा खादाकेा प्रयेाग बढीरहेकेा धार्मिक ब्यक्तित्व तथा धर्मगुरूहरू बताउछन् ।

    हामीले प्रयेाग गर्दै अ।इरहकेा पहेलेा खादा बिशेषगरी ठुला ठुला धर्म गुरूहरू,लामाहरू र बुध्द त्रिरत्नलाइ चढाउदा प्रयेाग गर्नुपर्दछ । पँहेलेा रङकेा खादाले बिशेषता बुध्द धर्म भन्ने संकेत गर्दछ । यसले बुध्द धर्म संसारभर फैलिएर जाअे।स,बुध्द धर्मकेा संरक्षण भइरहेास ,अजम्बर रही रहेास भन्नका लागि पँहलेा खादाकेा प्रयेाग गर्नु उत्तम हुन्छ । त्रिरत्नलाइ खादा चढाँउदा मैले त्रिरत्नकेा बस्त्र लगाएकेा छु ।जुन बस्त्र पुण्यले सबै प्राणीहरूकेा चित्त बेाधिचित्त रत्न उत्पन्न हेास भनी प्रार्थना गर्नुपर्दछ ।

    खादाकेा प्रयेाग हामी जानी नजानी गर्दछैा । प्रयेाग गर्ने तरिका अवलम्वलनै गर्न त परै जाअेेस हामी जान्न सेाधी खेाजी गर्न पनि तत्परता देखाउदैनैा ।हामीले अ।फुभन्दा ठुला अभिभावक ,मान्यजनहरूलाइ खादा चढाउँदा मान सम्मानका साथ हातमा चढाउँनु पर्दछ । गाँटीमा सिधै लगाएर दिनु अथवा त्यसरी सम्मान गर्नु राम्रेा मानिदैन । अ।फुभन्दा सानालाइ भने सिधै गाँटीमै लगाएर स्वागत तथा सम्मान गर्दा फरक पर्दैन । खादा चढाएदा हामीले धुप बत्तीकेा प्रयेाग गर्दा उत्तम हुन्छ ।

    ठुला खादामा सम्बेाटा लिपिमा टसिदेलेग ङिन्मुदेलेग ,छेनदेलेग,ङिन्मी कुन्यदेलेग,सिन्गी छेनतक्पु देलेग,केान्क्षेाक सुमकी टसिस्येाक भनेर लेखिएकेा हुन्छ । यसमा त्रिरत्न र शुभ मंगलकेा पाठहरूपनि लेखिएकेा हुन्छ ।सानेा तथा साधारण खादाहरूमा टसिदेलेग मात्र लेखिएकेा हुन्छ । खादालाइ सकेसम्म पबित्र तथा सफा ठाँउमा राख्नुपर्दछ । पुराना भएमा जमिनमुनि गाड्ने अथवा धुपबाल्दा जलाउदा राम्रेा हुन्छ ।

    पछिल्लेा समयमा अ।एर केही ब्यक्ति वा संघसंस्थाहरूले डाकाकेा कपडालाइ खादाकेा रूपमा अै।पचारिक कार्यक्रमहरूमा केवल सजावाट तथा फेसनकेा रूपमा प्रयेाग गर्न थालिएकेा छ । सामान्य डाकाकेा कपडा न त त्यसमा अष्टमंगलम अंकित छ नत खादाकेा रङ अनि अन्य खादामा हुनुपर्ने गुणहरू अनि परम्परागत महत्व नै ।यसले खादा जस्तेा पवित्र बस्तुकेा महत्वलाइ अपहेलना तथा वेवास्ता गरेकेा धर्म गुरू तथा जानकारहरू बताउछन् । अत पबित्र कामकेा सुरूवात गर्दै हुनुहन्छ भने पबित्र अ।त्माले पबित्र खादाकेा प्रयेाग अ।जैदेखि गर्ने प्रयास गर्नुहेास ।

    खादाकेा केही गलत प्रयेाग तस्बिर हेर्नुहेास (तस्बिर अनलाइन खबर )

    स्रेात- अमेरिकामा बस्दै अ।इरहनुभएका टुल्कु उर्गेन खाम्बचे लामा शेर्पा लगायत अन्य बैाध्द धर्मगुरूहरूकेा सहयेागमा

     

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology