समायेाजन खबर १७ डिसेम्बर सेर्पा सोसाइटि पोर्तुगलको चौथो अधिबेशन यहि डिसेम्बर २५ सोमबारको दिन बन्द सत्र लिस्बोनको अन्जुस स्थित एभरेष्ट क्याफेमा र घोषणा सभा २६ तारिक मंगलबारको दिन लिस्बोनको रोसियो स्थित सिन्डिकेट हलमा हुनेभएकेा छ ।
सेर्पा किदुग पोर्तुगल हालको सेर्पा सोसाइटि पोर्तुगल कार्यसमितिकाे तेस्राे अधिबशन २०१५ डिसेम्बरमा आङ नुरि सेर्पाको अध्यक्षतामा गठन भई बिधान अनुरुप २ बर्षको कार्याकाल यहि डिसेम्बर २०१७ मा समाप्त हुदै छ । चौथो अधिबशन सम्पन्न गर्नको लागि गैर आबसिय नेपालि संघ पोर्तुगलका आइ.सि. सि सदस्य तथा सेर्पा सोसाइटि पोर्तुगलका सल्लाहकार पेम्बा सेर्पाको संयोजकत्वमा सात सदस्य निर्बाचन कमिटि समेत गठन गरेकेा छ । कमिटिकेा सदस्यहरूमा क्रमश धनराज सेर्पा,सोम सेर्पा ,अ।ङ फुरी सेर्पा ,तेन्जि सेर्पा ,पेम्बा गेल्बु सेर्पा ,ङवाङ दावा सेर्पा रहनुभएकेा छ ।
साथै निर्बाचन कमिटिले निर्बाचनको सम्पुर्ण कार्यतालिका हालै सार्बजनिक गरेकेा छ । जसअन्तर्गत डिसेम्बर २२ तारिखका दिन बेलकी १० बजेसम्म उम्मेद्वारी दर्ता,२३ गते दर्ता भएका उम्मेद्वारहरूकेा नामावाली प्रकाशन सेाही दि न बेलुकी १० बजेसम्म दावी बिरेाध र २४ तारिखका दिन उम्मेद्वारहरूकेा अन्तिम नामावाली प्रकाशन गर्ने सेासाइटीले जनाएकेा छ ।
उम्मेद्वारहरूले अध्यक्ष उपाध्यक्ष २(महिला १ जना अनिवार्य)सचिव १,सहसचिव १,केाषाध्यक्ष १, सहकेाषाध्यक्ष १,र सदस्य १३ जनाका लागि उम्मेद्वारी दिन सक्ने समेत बताइएकेा छ ।
अधिबेशनमा सहभागि भइदिनुहुन पोर्तुगलमा रहुनु हुने सम्पुर्ण सेर्पा दाजुभाइ तथा दिदिबहिनीहरुमा हर्दिक अनुरोध समेत गरेकेा छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology