काठमाडौं, कात्तिक १ । नेपाली कांग्रेसनिकट नेपाल आदिवासी जनजाति संघले पार्टीले आदिवासी जनजातिलाई ‘सौतेनी व्यवहार’ गरेको भन्दै पार्टी छाड्ने धम्की दिएको छ ।
बुधबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी संघमा रहेकाहरुले जनजातिलाई स्थानीय तह, प्रदेश र केन्द्रमा समानुपातिक हैसियतसमेत नदिएको भन्दै पार्टी छाड्ने धम्की दिएका हुन् ।
प्रदेश, संघको निर्वाचन र २२ सदस्यीय संसदीय बोर्डमासमेत आदिवासीलाई समावेश नगराएकोमा उनीहरुले आपत्ति जनाए ।
पार्टीले स्थापित गरेको मूल्य–मान्यतामाथि प्रहार भइरहेको भन्दै उनीहरुले बारम्बार नेतृत्वको ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नगरेको आरोप लगाए ।
बुधबार पार्टी कार्यालय सानेपामा ज्ञापनपत्र बुझाउन समय लिएका उनीहरुले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले झुक्याएको भन्दै नाराबाजीसमेत गरेका थिए ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology