• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कान्छीमायाको सफलता

कान्छीमायाको सफलता


समायोजन खबर
  • सोमबार, असार १९ २०७४

  • बबिता घिसिङ

    काठमाडौं, नेपाल

    घरको कान्छो छोरा कान्छी छोरी जिम्मेवारीबाट विमुख हुन्छ भनिन्छ तर सानो उमेर हँुदादेखि नै कान्छीमाया भने जिम्मेबार हुनुहुन्थ्यो आफ्नो हरेक कामप्रति जिन्दगीमा केही गर्ने लक्ष्य बोक्नु भएको कान्छीमाया सानैदेखि पढाईमा अव्बल हुनुहुन्थ्यो पढाईमा सधै अव्बल दर्जामा रहनु भएको कान्छीमाया सिन्धुपाल्चोक जिल्ला, बोताङ गाविसको पहिलो प्रवेशिका परीक्षा उतीर्ण गर्ने पहिलो महिला पनि हो अहिले भने उहाँ पहिलो तामाङ सगरमाथा आरोही महिलाको परिचयबाट परिचित हुनुहुन्छ  

    विद्यार्थी जीवन
    सानै थिएँ, त्यो बेला नै मेरो बिहेको लागि माग्न आएको थियो मलाई बेहे गर्न मन थिएन, त्यसैले मैले एसएलसी दिएर मात्र बिहे गर्छु भनेर टारे आमाले मानिराख्नु भएको थिएन तर बुबाले मलाई साथ दिनु भयो”– पहिलो सगरमाथा आरोही कान्छीमाया तामाङले भन्नु भयो कान्छीमायालाई बिहेकै लागि धेरैले माग्न आए तर उनी मानिनन्  आज भोली भन्दा भन्दै कान्छीमायाले राम्रो अंक सहित प्रवेशिका परीक्षा उतीर्ण गर्नु भयो प्रवेशिकासम्मको अध्ययन सकिएपछि कान्छीमायाको विश्वविद्यालय पढ्ने ठूलो धोको थियो साथै चेलीबेटि बेचबिखन हने जिल्लाको रुपमा चिनिएको सिन्धुपाल्चोकका कान्छीमायाको मनमा विधमान समस्यालार्ई समाधान गर्दै समाजमा परिवर्तन ल्याउनु पर्छ भन्ने थियो तर सामाजिक आर्थिक समस्याले गर्दा विश्वविद्यालयमा अध्ययन गर्नेे धोको अधुरो नै रहन पुग्यो  


    बैदेशीक रोजगारी
    सिन्धुपाल्चोक जिल्लाको प्राय हरेक घरबाट रोजगारीको लागि खाडी मुलुक मलेसिया तथा भारत लगायतमा कामका जानु सामान्य विषय भइसकेको त्यसैले १६ वर्षकै उमेरमा प्रवेशिका दिनु भएको कान्छीमायाको उच्च शिक्षा लिने चाहना अधुरो रहेपछि उहाँ रोजगारीको लागि भारतमा पुग्नु भयो घरेलु कामदारको रुपमा उहाँले वर्ष त्यहाँ काम गर्नु भयो भारतमा घरेलु कामदारको रुपमा काम गर्दा घरबाट बाहिर जान दिईदैन थियो मान्छेलाई मान्छेको रुपमा हेरिन्थ्यो,” कान्छीमायाले भन्नु भयोघर मालिकको परिवारसँग सँगै बसेर खाना खानु तर परको कुरा हामीले छोएमा पनि प्रलय नै आउला झै गथ्र्यो यस्तो व्यवहारले गर्दा कति दिन भोक भोकै रात काटेको छु ” 

    भारतमा घरेलु कामदारको रुपमा काम गर्दा घरबाट बाहिर जान दिईदैन थियो मान्छेलाई मान्छेको रुपमा हेरिन्थ्यो,”


    भारतमा काम गर्ने सहज वातावरण पारिश्रमिक पनि सोचे जस्तो नभएको हँुदा उहाँ आफ्नै दिदीहरु मार्फत रोजगारीको लागि इजिप्टमा जानु भयो काम गर्नको लागि भारतको तुलनामा इजिप्टमा केही सहज थियो त्यसैले उहाँले त्यहाँँ वर्षसम्म घरेलु कामदारकै रुपमा काम गर्नु भयो काम गर्ने सिलसिलामा धेरै अबैधानिक रुपमा इजिप्टमा घरेलु कामदारको रुपमा आईपुगेका दिदीबहिनीसँग उहाँको भेटभयो निरन्तर भेट भइराखेपछि ती दिदीबहिनीले आफुहरु यौन शोषणमा परेको कुरा समेत सुनाउँथे उनीहरुको कुरा सुनेर कत्तिपनि विचलीत नभई तिनिहरुको हकहितका लागि आफुले के गर्न सकिएला भनेर सोच्ने गर्थेकान्छीमायाले भन्नुभयो सानैदेखि समाज परिवर्तनको लागि केही गर्नुपर्छ भन्ने लक्ष्यकासाथ अगाडि बढेको कान्छीमायाले ती महिलाहरुको पीडा सुनेपछि इजिप्टमा नै महिलाहरुलाई संगठित बनाउने प्रयास गर्नुभयो कान्छीमायाले आफ्नो लक्ष्य अनुरुप लैगिक विभेद चेलिबेटी बेचबिखन विरुद्ध सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले आफ्नै मुलुकबाट केहि गर्ने अठोटकासाथ नेपाल फर्किनुभयो  


    सगरमाथा आरोहण
    सिन्धुपाल्चोक जिल्ला नेपालको अरु जिल्लाहरुको तुलनामा चेलीबेटि बेचबिखनमा अगाडि रहेको विभिन्न अध्ययनहरुले देखाएको चेलिबेटी बिचबिखनमा आफ्नो जिल्ला के कारणले अगाडि भयो होला भन्ने मात्र होइन यसलाई कसरी न्यूनीकरण गराउन सकिएला भन्ने विषयमा सोच्दासोच्दै धेरै रात कटाएका थिए कान्छीमायाले त्यसैले महिलाहरुको सशक्तिकरण, लैिङ्गक समानता, मानब बेचबिखन विरुद्ध विश्वव्यापी सन्देश पु¥याउने उद्देश्यले कान्छीमाया तामाङले सगरमाथा आरोहण गर्ने लक्ष्यकासाथ स्वदेश फर्केका थिए यहि क्रममा भेट भयो धेरै पटक सगरमाथा आरोहन गरेर विश्व किर्तिमानी कायम गर्नु सफल हुनुभएको पेम्बादोर्जे शेर्पासँग पेम्बादोर्जे शेर्पाले नै कान्छीमायालाई गाईडको रुपमा साथ दिनु भयो  

    मौसामले साथ नदिराखेको अवस्थामा कताकता मनमा डर लाग्थ्यो तर पेम्बा शेर्पाको अभिभावकीय भूमिकाका कारण आफूलाई सम्हाल्न सफल भएको थिएँ


    विश्वको सर्बोच्च शिखर सगरमाथा आरोहण गर्नु पूर्व धेरै हिमाल आरोहण गर्न आवश्यक हुन्छ त्यसैले हजार सय ७० मिटरको म्यारापिक २०१६ को अक्टोबरमा आरोहण गर्नु भयो कान्छीमायाले म्यारापिकको सफल आरोहणपछि कान्छीमायालाई सगरमाथा आरोहण गर्न सकिन्छ भन्ने आत्मविश्वास बढायो  सगरमाथा आरोहणका लागि काठमाण्डौबाट लुक्ला, लुक्लाबाट नाम्चे, नाम्चे हुदै निस्किएको दिनमा उहाँ सगरमाथा बेसक्याममा पुग्नु भयो प्रतिकूल मौसमका कारण क्याम्प मा तीन रात बस्नु परेको थियो त्यो तीन रात कान्छीमायाका लागि वर्ष जतिकै अत्यास लाग्दो भएको थियो यसै सन्र्दभमा कान्छीमाया भन्नु हुन्छमौसामले साथ नदिराखेको अवस्थामा कताकता मनमा डर लाग्थ्यो तर पेम्बा शेर्पाको अभिभावकीय भूमिकाका कारण आफूलाई सम्हाल्न सफल भएको थिएँ मौसम अनूकुल भएपछि कान्छीमायाको टिम क्याम्प बाट २०७४ जेठ गते राति १० बजे आफ्नो उद्देश्यको अन्ति लक्ष्य प्राप्त गर्नका लागि यात्रा तय गरियो त्यही यात्राले जेठ गते बिहान बजे सफलताको रुप लियो कान्छीमाया सर्वोच्च शिखर सगरमाथामा पाईला टेक्नु सफल हुनु भयो  


    सगरमाथाको चुचुरोमा पुग्ने बित्तिकै हामीले लगेको नेपालको झन्डा फहरायौ १५ मिनेट जति बस्दा नबस्दै विस्तारै हिउँ हावाको बेग तीब्र रुपमा चलेकोले हामी केही फोटो खिचेर फर्कियौ”– सगरमाथाको आरोहणपछि हामीसँग कुरा गर्दै कान्छीमायाले भन्नु भयामनमा खुशी छायो खुसीका आँसु झारें  सगरमाथा आरोहणपछि फर्कने क्रममा कान्छीमायाको स्वास्थमा केही समस्या आएको थियो तर पनि उहाँले हिम्मत भने हार्नु भएन कारण थियो मानव बेचबिखन लैङ्गिक असमानताविरुद्धको सन्देश विश्वभर पु¥याउने अठोट  


    भाबि योजना
    सिन्धुपाल्चोककी कान्छीमाया तामाङ तामाङ समुदायकोतर्फबाट पहिलो तामाङ महिला सगरमाथा आरोही हुन् मानव बेचबिखन लैङ्गिक असमानताविरुद्धको सन्देश विश्वभर फैलाउने उद्देश्यले सगरमाथा आरोहण गरेको आफ्नो पहिलो प्रयास सफल भएकोमा निकै दंग पनि देखिन्छ यस खालको सन्देश प्रवाहका लागि आगमी दिनमा पनि निरन्तर जारी राख्ने उहाँ बताउनु हुन्छ  बिशेष गरी बैदेशिक रोजगारको नाममा महिला दिदीबहिनीहरु बिदेश पलायन भइरहेका छन्

    मानव बेचबिखन लैङ्गिक असमानताविरुद्धको सन्देश विश्वभर फैलाउने उद्देश्यले सगरमाथा आरोहण गरेको आफ्नो पहिलो प्रयास सफल भएकोमा निकै दंग पनि देखिन्छ कान्छीमाया तामाङ

    वैदेशिक रोजगारको क्रममा शारीरिक शोषणमा हजारौ महिलाहरु परेका छन् यसको न्यूनीकरण गर्न शिक्षामा पहँुच बढाउने, रोजगारी सिर्जना गर्ने लक्ष्य कान्छीमायाले तय गरेका छन् यसका साथै टे«किङ व्यवसायमा पनि महिलाको सशक्तिकरणलाई अगाडी बढाउने लक्ष्य उनको यतिमा मात्र सीमित छैन कान्छीमायाको सपनाहरु विश्वमा रहेको किलोमिटरको १४ वटा हिमाल मध्य सगरमाथा चढिसकेकी कान्छीमायाले बाँकी १३ बटा हिमाल चढ्ने योजना रहेको बताउनु भयो

    कान्छीमायाको यस किसिमको साहसले नेपाली महिलाहरुमा सकारात्मक परिवर्तनको भावना उजागर भएको उहाँको यो साहस सपनालाई राज्य सम्बन्धित निकायले सम्मान गर्न सक्नुपर्दछ कान्छीमायाले सगरमाथा आरोहणमार्फत जुन खालको सन्देश दिने प्रयास गर्नुभएको त्यसका लागि हार्दिक बधाइसँगै उहाँले तय गर्नु भएको सपनाले सफलता चुम्न सकोस् यही हाम्रो पनि शुभकामना

    घिसिङ पत्रकार हुन् हाल ईन्डिजिनियस मिडिया फाउन्डेसनद्धारा संचालित साप्ताहिक रेडियो कार्यक्रम ईन्डिजिनियस भ्वाईसका कार्यक्रम प्रस्तोता तथा अनलाईन खवर ईन्डिजिनियस भ्वाईस डटकममा आवद्ध छन्

    लेख तथा तस्बिर- इन्डिजेनसभ्वाइसबाट

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology