समायोजन खबर खोटाङ, भारतबाट शनिबार नेपाल प्रवेश गरेको सलह कीरा आज हावासँगै पश्चिमतिर सर्ने विज्ञहरुले अनुमान गरेका छन् ।अफ्रिकी देशबाट पाकिस्तान र भारत हुँदै नेपालसम्म पसेको सलह कीरा हावा जता बहन्छ, त्यही दिशातिर उड्ने गर्छ ।
आज हावा पश्चिमतिर सर्ने भएकाले सलह पनि पश्चिमतिर सर्ने अनुमान गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो ।
यो पनि,खोटाङमा पनि आइपुग्यो सलह
उहाँका अनुसार आज र भोलि पूर्वबाट हावाको बहाब पश्चिमतिर बढी हुनेछ । आजको दिन जमिनको सतहभन्दा १० मिटरमाथि हावाको गति अधिकतम ३५ देखि ४५ किलोमिटर प्रतिघण्टा हुने भएकाले सलह कीरा पनि त्यही अनुसार पश्चिमतिर बढी हुने सम्भावना रहेको अर्यालले बताउनुभयो ।
यो पनि पढ्नुहोस,सलह किन्ने कृषिविज्ञ मदन राईको घोषणा
हावा जता बहन्छ सलह किरा पनि त्यही दिशातिर उडेर जाने भएकाले सलह आगमनमा मौसमले महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो । यो किरा हावाको दिशा पछ्याएर सयदेखि १ सय ३० किलोमिटरसम्म समूह बनाएर हिँड्ने गर्छ । भोलि पनि पूर्वी दिशाबाट पश्चिमतिर हावा बहने अनुमान छ ।२०७७ असार १५ गते बिहान ८ :१६ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology