• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

वैदेशिक रोजगार सम्बन्धी ठगीमा संलग्न पक्राउ

वैदेशिक रोजगार सम्बन्धी ठगीमा संलग्न पक्राउ


समायोजन खबर
  • मंगलबार, बैशाख २९ २०८३

  • सांकेतिक तस्विर ।

    पबन राई खोटाङ, वैदेशिक रोजगार सम्बन्धी कसुरमा दोषी भई फरार रहेका प्रतिवादी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटेको प्रहरीले खोटेहाङ गाउँपालिका–८ सिमपानीका ४५ वर्षीय हरीप्रसाद राईलाई पक्राउ गरेको हो।

    पक्राउ परेका राई विरुद्ध जिल्ला अदालत खोटाङबाट प्राप्त लगत अनुसार विभिन्न मितिमा वैदेशिक रोजगार सम्बन्धी कसुरमा ४ वर्ष ३ महिना ६ दिन कैद र १ लाख जरिवाना तोकिएको थियो।

    काठमाण्डौ महानगरपालिका–१४ काठमाण्डौमा बसोबास गरिरहेका राईलाई बैशाख २८ गते दिउँसो ३ बजे भक्तपूरस्थित सुर्यविनायक नगरपालिका–५ कटुन्जेमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी, प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिए।

    पक्राउ परेका राईलाई काठमाण्डौ जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानका लागी कारागार कार्यालय डिल्लीबजार पठाईएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology