• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सरकारलाई पत्रकारले पठायो एक रुपैयाँ सहयोग

सरकारलाई पत्रकारले पठायो एक रुपैयाँ सहयोग


समायोजन खबर
  • शुक्रबार, चैत्र २० २०८२

  • समायोजन खबर खोटाङ, सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चार गृहमा मात्रै प्रकाशन गर्नुपर्ने सरकारको निर्णयप्रति पत्रकार महासंघ खोटाङले विरोध गरेको छ।

    महासंघले शुक्रबार जिल्ला प्रशासन कार्यालयमाफर्त प्रधानमन्त्री तथा मन्त्रीपरीषदको कार्यालयलाई ध्यानाकर्षण पत्र र एक रुपैयाँ पैसा सहयोग पठाएर विरोध गरेको हो।

    सरकारले चैत १८ गते सचिवस्तरीय निर्णय गर्दै संघ, प्रदेश र स्थानीय सरकारलाई सार्वजनिक खरीद लगायतका सरकारी सूचना,विज्ञापन गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजनमा मात्रै प्रकाशन,प्रसारण गर्न परिपत्र गरेको थियो।

    उक्त निर्णयले नीजि सञ्चारमाध्यमहरू बन्द हुने तथा श्रमजीवी पत्रकारहरूको रोजगारी खोसिने अवस्था सिर्जना हुने महासंघका अध्यक्ष हरिबोल आचार्यले बताए। कोरोना महामारी तथा विभिन्न आन्दोलनका कारण आर्थिक संकट व्यहोरिरहेका निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोकिने गरी गरिएको निर्णयप्रति महासंघले गम्भीर असहमति र आपत्ति प्रकट गरेको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology