समायोजन खबर खोटाङ, खोटाङको साकेला गाउँपालिकाले नियम अनुसार सामाजिक सुरक्षाभत्ता लाभग्राहीको खातामा पठाईसकिएको बताएको छ।
श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले शुक्रबार बिहान फेसबुक पेजमा, साकेला गाउँपालिकाको मानेभञ्ज्याङस्थित सामुदायिक भवनमा भएको आगलागी घटनासँग सामाजिक सुरक्षा भत्ता वितरणलाई जोड्दै सामाजिक सुरक्षा भत्ता बाँडिएको छैन भन्ने बुझियो, भनेर लेखेका थिए।
तर, गाउँपालिकाका पञ्चीकरण शाखा प्रमुख एवंम् सूचना अधिकारी डिएम चाम्लिङले भने, सामाजिक सुरक्षा भत्ता नियमअनुसार निकासा भई लाभग्राहीको खातामा पठाइसकिएको जानकारी दिए।
“नागरिकको समस्याप्रति गाउँपालिका नेतृत्व स्वयम् अध्यक्ष रविप्रकाश राई संवेदनशील हुनुहुन्छ, हामी कर्मचारी जिम्मेवार छौं। तर यस्तो संवेदनशील विषयमा तथ्य नबुझी सामाजिक सञ्जालमार्फत टिप्पणी गर्नु सकारात्मक होइन।” चाम्लिङले भने।
शिविरमार्फत सामाजिक सुरक्षाभत्ता बाँड्दै साकेला गाउँपालिका।
आगलागी घटना र सामाजिक सुरक्षा भत्ता वितरण फरक विषय हुन्। आगलागीबारे सम्बन्धित निकायले छुट्टै अनुसन्धान प्रक्रिया अघि बढिरहेको र भत्ताको त्रैमासिक निकासा भने निर्धारित समय वैशाख महिनामै नियम अनुसार निकासा गरिएको चाम्लिङले प्रष्ट पारेका छन्।
साकेलाले सामाजिक सुरक्षाभत्ता विगत वर्षहरुदेखी नै टोलटोलमा शिविर राखेर बाँड्दै आएको छ। शिविरसम्म आउन नसक्ने असक्तलाई घर-घरमा लगेर भत्ता दिने गरेको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology