• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मलेसियामा लकडाउन खुकुलो हुने

मलेसियामा लकडाउन खुकुलो हुने


समायोजन खबर
  • शनिबार, बैशाख २० २०७७

  • फायल तस्विर

    समायोजन खबर काठमाण्डौ, मलेसियामा सोमबारदेखि लकडाउन केही खुकुलो हुने भएको छ । ४ मे बाट पहिलेजस्तै स्वतन्त्र रुपमा मानिसको आवातजावत नभए पनि निश्चित मापदण्ड तोकेर बिस्तारै खुकुलो बनाउदै लैजाने मलेसियाको तयारी छ । व्यवसायहरु बिस्तारै खुलाउने तयारी छ । मलेसियाले कोरोना सङ्क्रमण जोखिम रोकथामका लागि १२ मेसम्म लकडाउनको घोषणा गरिएको छ ।

    मलेसियामा कोरोना सङ्क्रमित मध्ये निको हुनेको सङ्ख्या पनि धेरै छ । ७० प्रतिशत भन्दा धेरै सङ्क्रमित निको भइसकेका छन् । मलेसियामा अहिलेसम्म ६ हजार १७६ जनाको कोरोना सङ्क्रमण देखिएको छ ।

    जसमध्ये ४३ सय २६ जना निको भएका छन् भन् १७ सय ४७ जनाको अस्पतालमा उपचार भइरहेको छ । एक सय तीन जनाको कोरोनाका कारण ज्यान गएको छ । अहिलेसम्म तीन जना नेपालीलाई मात्र कोरोना सङ्क्रमण भएको र जसमध्ये दुई जना निको भइसकेको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।२०७७ बैशाख २० गते अपरान्ह ३ :५४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology