युएईमा उधौली मनाईयो

युएईमा उधौली मनाईयो




समायोजन खबर युएई
युएईको अबुधाबी शहरमा किराँती समुदायहरुले उधौली चाड धुमधामका साथमा मनाएका छन् । रोजगारीको सिलसिलामा त्यहाँ पुगेका उनीहरुले उधौली चाड ५०७९ को अवसरमा शुक्रबार मुसाफा पार्कमा भेला भएर उधौली मनाएका हुन् ।

 

किराँत राई यायोक्खा र सुनुवार सेवा समाजको क्षेत्रीय अबुधाबि र क्षेत्रीय अलऐनको संयुक्त आयोजनामा उधौली मनाइएको थियो । प्रवासमा रहेर विभिन्न जिल्लाको प्रतिनिधित्व गरिरहेका, बुद्धिजीवि, व्यावसायिहरु भेला भई ढोल झ्याम्टा र किराती भेषभुषामा सजिएर युवायुवतीहरुले सिली अनुसार साकेला नाचेर हर्षोल्लासका साथमा उधौली मनाएको युएईबाट हिराधन चाम्लिङले जानकारी दिए ।

 

उधौलीको अवसरमा दुबै संस्थाका आजिवन सदस्यहरुलाई फेटा ओढाएर सम्मानपत्र प्रदान गरिएको छ । प्रवासमा रहेर पनि नेपालीहरु आफ्नो संस्कार, संस्कृतीलाई जर्गेनामा सधै लागि परिरहेको शन्देस दिन वर्षपिच्छे चाडपर्व मनाईदै आएको यायोक्खाकी अध्यक्ष चन्द्रकला साम्पाङ्गले बताईन ।
२०७६ मंसिर २८ गते राती ९ :४६ बजे प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology