समायाेजन ख़बर/दक्षिण काेरिया
शेर्पा संघ दक्षिण कोरियाले यस वर्ष पनि ग्याल्पो ल्होसारको अवसर पारि ल्होसार विशेष कार्यक्रम गर्ने भएको छ ।
२१४६ औं स मो (जमिन धातु) फाक ल्हो(सुंगुर वर्ग) को अवसरमा ल्होसार साँस्कृतिक साँझ कार्यक्रम गर्न लागिएको हो । संघले आगामी फेब्रुवरी ४ मा द. कोरीयाको राजधानी सउल स्थित थाङसिम्री स्टेशन गेट नं १ स्थित गोल्डेन टावर ८८ कोल्ला टेक रेष्टुरेण्टको हलमा कार्यक्रमको आयोजना गरेको आयोजकले जनाएको छ ।
साँझ ७ बजेबाट बिहान ६ बजेसम्म सञ्चालन हुने कार्यक्रममा मुख्य आकर्षणको रुपमा शेर्पा समुदायका ख्यातीप्राप्त गायक सोनाम शेर्पा र स्थानिय शेर्पा कलाकारहरुको प्रस्तुतीको साथमा किर्तिमानी डिजे छेवाङ को डीजे सेसन बिहानसम्मै रहने संघका महासचिव थुतुङ गेल्जे शेर्पाले बताए ।
विभिन्न शिलशिलामा द. कोरियामा बसोबास गरिरहेको शेर्पा समुदायमा एकरुपता ल्याउन, भाषा,धर्म, संस्कृतिको संरक्षणमा निरन्तरता दिन र समुदायसंग सम्बन्धित विभिन्न विषय र क्षेत्रहरुमा नेपालमा पनि हातेमालो र योगदान दिन स्थापित संघले ल्होसार विशेष कार्यक्रम र अन्य विभिन्न कार्यक्रम गर्दै आईरहेको बताउँदै संघका अध्यक्ष पासाङ शेर्पाले कार्यक्रममा उपस्थित भई सफल बनाइदिन कोरियास्थित सम्पुर्ण संघ संस्था लगायत सम्बन्धित सबैमा आग्रह गरेका छन् ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology