समायेाजन खबर ,जापान
तमु धिं जापानले तमु समुदायको नयाँ वर्ष तमु (फो-ल्हो) ल्होसार यहि जनावरी २ तारिक बुधबारका दिन भब्यताको साथ मनाउने तयारि थालेको छ ।
नेपालबाट आमंत्रित कलाकारहरुको साथमा तमुहरुको पहिचान झल्कने बिबिध साँस्कृतिक कार्यक्रम सहित (फो-ल्हो) ल्होसार २०१९ भब्य रुपमा मनाउन तयारि थालेको हो |आफ्नो मौलिक परम्परा र सस्कृतिलाई जिबन्त राख्ने र तमु तमुबिच भाइचाराको सम्बंन्ध कायम राखी आपसी मिलाप र शुभकामना आदान प्रदान साटासाट गर्ने हेतुले तमु धिं जापानले हरेक साल ल्होसार कार्यक्रमको आयोजना गर्दै आइ रहेको छ | तमु धिं जापानको आयोजनामा हुने यो २४ औ लोसार कार्यक्रम हो | ल्होसार साझलाइ थप रंगिन र टोकियोको चिसोलाई न्यानो बनाउन यसपाली तमु धिं जापानले नेपालबाट लोक गायिका काजल गुरुङ र नेपथ्यका पुर्ब भोकलिस्ट तथा पप गायक गौतम गुरुङलाइ निमन्त्रणा गरेको छ | कार्यक्रमा MERCURY BAND र AFANTA BAND को धमकेदार प्रस्तुति साथै स्थानीय कलाकारहरु भरपुर मनोरंजन दिने तमु धिं जापानका अध्यक्ष अनिता तमुले जानकारी दिनु भएको छ | लोसार साझलाई थप सब्य र भब्य बनाउन तमु धी जनापनले उपाध्यक्ष सौगत गुरुङको संयोजकमा विभिन्न उपसमिति बनाइ प्रचार प्रसारलाइ समेत तिब्रता दिएको छ |साथै नेपालि जनाजिबनको अतिनै लोकप्रिय गित ‘छातिमा मेरो यो छोटो भोटो, कलिलो तामालाई सोध आमालाई’ सोह्र बर्षे उमेरैमा म पनि झिल्के हुदो हो’ जस्ता सर्बाधिक लोकप्रिय गित गाएर नेपालि सांगीतिक आकासमा आफ्नो छुट्टै पचिचान बनाउन सफल नेपालि लोक संगीतको धरोहर छेत्र गुरुङको उपस्थितिले पनि यसपालिको (फो- ल्हो) लोसार बिशेष रहने भएको छ | तमु धिं जापानले उहालाई २४ औ फो-ल्होसार विशिष्ट व्यक्ति तथा श्रष्ठा सम्मानित समेत गर्ने भएको छ |
हरेक बर्षको पुस पन्द्रमा मनाइने ल्होसार नयाँ वर्ष अर्थात गुरुङ जातिको महान चाड हो । यो चाड खासगरी नेपालमा र तमुहरुको ग्लोबोलाइजेसनसंग संगै विश्वका विभिन्न देशहरूमा पनि मनाइन्छ । तमु ल्होसारले बिशेषत गुरूङ समुदायको भित्तेपात्रोमा नयाँ सम्वत शुरू भएको सङ्केत गर्दछ । अत: प्राचीन तमु प्यो शास्त्रको अनुसार तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उत्त्पती भएको मानिन्छ ।ल्होसारको अघिल्लो दिनदेखि मनाउन सुरु गरिने यो चाड साँझ पूजापाठ, भोजभत्तेर, नाचगान गरी आधा रातमा नया बर्षलाई स्वागत गर्नुका साथै एक अर्कामा शुभकामना आदान प्रदान गरिन्छ । ल्होसारको दिन बिहानदेखि नै ढोग-भेट, आशीष आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर भोज खुवाएर मनाउने चालन छ । यो दिन गुरूङ जातिहरू आफ्नै शैलीका भेषभुषा जस्तै शिरवन्दी, मखमली चोली, घलेक्क, पटुकी, छिट्को गुन्यु र मजेत्रो महिलाहरूले लगाएर सजिन्छन् भने पुरूषहरूले शिरमा टोपी, भोटो माथि भाङ्ग्रो लगाउँछन् र त्यसको साथमा कछाड अनि पटुकी बाँध्छन् । गुरूङ जातिहरूको पनि पर्वहरू मनाउने एउटा आफ्नै शैली छ, यी जातिहरूमा घाटु, सोरठी स्थानीय भाषामा चुड्का भनेर प्रचलित नाच कौडा नाच नाचेर आफ्ना परिवार, साथीभाईहरू संग रमाइलो गर्ने गर्दछन |
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology