अन्तराष्ट्रिय तामाङ परिषद (ITC) को चौथो सम्मेलनको लागि विश्वभरिका तामाङहरु जुट्दै गर्दा एक किसिमको उत्सवको महशुस भएको छ l यो उत्सवलाई साकार र औचित्यपूर्ण बनाउन सम्पूर्ण तामाङ र तामाङ संघसंस्थाहरु लाग्नुपर्छl
संस्था आफैमा गलत हुदैन, गलत त संस्थाको नेतृत्व गर्ने व्यक्ति हुन् जसको नियत गलत भयो र असक्षम भयोभने संस्था नै बदनाम हुनपुग्छ l ITC स्थापना भएको १५-१६ वर्ष भयो तर केहि उपलब्धिहरु भएन र यस अन्तरालमा नेतृत्वमा आएकाहरु कसैले पनि सिन्को भाच्न सकेन, बरु ITC राजनीति गर्ने व्यक्तिहरुको पन्जामा पर्यो भन्ने आरोपहरु सुन्नमा आए, यसको गहन रुपमा समिक्षा हुनुपर्छ र यसबाट पाठ सिक्दै अबको स्पष्ट बाटो/कार्यदिशा तय गर्नुपर्छ l विश्वभरिको तामाङहरुलाई एकताको शुत्रमा बाँध्न फूलहरु उनेर माला बनाउने धागोको काम ITC ले गर्नुपर्दछ l
तामाङ एकतालाई मजबुत बनाउन ITC को भूमिका महत्वपूर्ण हुनुपर्दछ l तामाङ एकता भन्नाले तामाङभित्र भएको विविधता हो l भुगोल अनुसार तामाङहरुको भाषा, भेषभुषा, संस्कारसंस्कृति फरक छन् l एकले अर्काको सम्मान गर्नु, एकले अर्कालाई महत्व दिनुपर्छ अनि मात्रै तामाङ एकता सम्भव देखिन्छ l भाषा, भेषभुषा, संस्कारसंस्कृति फरक भएकै कारण भोली तामाङभित्र फाटो नआओस l यो विविधताहरुको सम्रक्षण तथा सम्बर्द्वन गर्नु जरुरी छ , किनकी विविधता तामाङको विशेषता हो भन्ने मलाई लाग्छ l यसार्थ सम्मेलनमा विविधताले ठाउँ पाउनेछ भन्ने आशा राखेकोछु l
ITC समुदायको आर्थिक, समाजिक, साँस्कृतिक र शैक्षिक रुपान्तरणको लागि एउटा कडी बनोस् र विशेष गरी ताम्सालिङ प्राप्तिको लागि घेदुङ्ले शुरु गरेको आन्दोलनको लागि विश्वभरीको तामाङहरुलाई एउटै मालामा उनेर शक्ति संचित गर्दै घेदुङको मेरुदण्ड बनोस् / बन्नुपर्छ l ताम्सालिङ प्राप्तिको आन्दोलन र समुदायको हक र हितको लागि लड्ने तागत बन्नुपर्दछ साथै आन्दोलन सफल नहुन्जेलसम्मको लागि ITC को मूल उदेश्य ताम्सालिङ प्राप्ति नै हुनुपर्छ भन्ने लाग्छ l आलोपालो सिस्टम र यस पटक नेतृत्व गर्ने पालो भारतको भन्दै गर्दा, के भारतकोले नेतृत्व गर्दा घेदुङको आन्दोलनलाई सहयोग गर्ला ?? विचारणीय प्रश्न छ,
अब बन्ने टिमको लागि चुनौती र अवसरको त पहाड नै देखिन्छ, अर्को अर्थमा भन्ने हो भने फलामको चिउरा बराबर नै हुनेछ किनकी १५-१६ वर्षको अन्तरालमा हुन नसकेको कामहरु अब बन्ने टिमले गर्नुपर्ने छ, ITC सम्मेलनको औचित्य सिद्द गर्नुपर्ने छ, सबैको विश्वास जित्दै ITC लाई सम्पूर्ण तामाङहरुको आशा र भरोसाको केन्द्र बनाएर देखाउनु पर्नेछ, ITC को विकल्प खोज्नुपर्छ भन्नेहरुको मुख टाल्नु पर्नेछ, ITC व्यक्तिगत स्वार्थको लागि राजनीति गर्ने थलो हो भन्ने कुरा गलत साबित गर्नुपर्नेछ l त्यसैले अब बन्ने टिम लरतरको टिमले हुने वाला छैन l अब चयन हुने नेतृत्वसँग विचार, दुरदर्शिता, कार्य योजना मात्रै हैन इच्छाशक्तिले भरिपूर्ण व्यक्तिको खाँचो छ र कुनै राजनीतिक पार्टीमा लागेको भए पार्टी र व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर समुदायको बारेमा सोच्न सक्ने अनि grass root लेबलको तामाङ्समेतको भावना, पिडा, वेदना बुझ्न सक्ने व्यक्तिको आवश्यकता छ l त्यस्तो नेतृत्वले मात्रै समुदायको विकास र उन्नतिको लागि योगदन दिन सक्छ l
त्यसैले एउटा कुशल नेतृत्वसहित इच्छाशक्तिले भरिपूर्ण टिम बनाउन सफल होस् जसले गर्दा समुदायको विकासको खाका ल्याउन सकोस् र कार्यन्वयन गर्न/गराउन सकोस् l
सम्मेलन सभ्य र भव्य रुपमा सम्पन्न गर्दै जुझारु, दुरदर्शी, तामाङको मूल मुद्दाहरु बुझ्ने, इच्छाशक्तिले भरिएको, केहि गरौ भन्ने भावना भएको नयाँ टिम बनाउन सफलता मिलोस् र सम्मेलन पश्चात तामाङमाझ नयाँ उत्साह र उमङ्ग छाउनेछ भन्ने आपेक्षसहित सम्मेलन पूर्ण सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु l थुजिछे l l
सरोज तामाङ
के. उपाध्यक्ष
नेपाल तामाङ समाज, जापान
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology