श्रावण शुक्ल प्रतिपदादेखि भाद्र कृष्ण औंशीसम्मको एक महिनालाई गुंला तथा बाबुको मुख हेर्ने दिनको भोलिपल्ट भाद्र शुक्ल प्रतिपदा गुंला प्रतिपदा समाप्त हुन्छ भने यही तिथिबाट यंला प्रतिपदा प्रारम्भ भई येंयि पुन्ही भाद्र शुक्लमा समाप्त हुन्छ ।
सुन्दर नगरी धरानमा विगत १८ वर्षदेखि धरान उपमहानगर पालिका वडा नं १६ मा अवस्थित हारती अजिमा मन्दिरको प्राङ्गणबाट यंलाधर्म कार्यक्रम आयोजना हुँदै अाइरहेकाे हामी सबैमा सर्वविदित्तै छ ।
केही वर्ष अगाडिदेखि यस मन्दिर व्यवस्थापना समितिले धरानमा रहेका समस्त संघसंस्थालाई निमन्त्रण गरी भव्यताका यंलाधर्म कार्यक्रम आयोजना गरिरहेका छ ।
विशेषगरी नेवार समुदाय भावनात्मक रुपमा जोडिएको भेटिन्छ । विभिन्न नेवाः मौलिक बाजागाजा सहितको यस पितृ उद्धार कार्यक्रमलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने प्रयास र हारती अजिमा मन्दिरको संरक्षण र सर्वद्धन गर्ने हेतु यस कार्यक्रमलाई निरन्तर रुपमा संस्कृति टेवाका लागि आयोजन गर्दै अाइरहेकाे छ ।
वर्तमान अवस्थामा नेवारहरुको साझा संगठन नेवाः देय् दबू, धरान नगर समितिसँग आवद्ध सम्पूर्ण संघसंस्थाहरुको उपस्थितिमा यस गुंलाधर्म र यंलाधर्मलाई चाडको रुपमा मनाउदै आइरहेकाे छ ।
विशेष गरेर गुंला प्रतिपदामा घण्टाकर्ण चतुर्दशी देखि आफुहरुले बजाउन जानेको मौलिक नेवाः बाजागाजा सहित एक महिनासम्म विहान–विहान विभिन्न शक्तिपिठ् (चैत्य, मन्दिर, विहार) घुम्ने महिना हो ।
परापूर्व कालमा उत्पत्यका एउटा ठूलो ताल थियो । विपश्वी बुद्धले रोपेर गएको कमलको फुलमाथी उत्पत्ति भएको ज्योति स्वरुप स्वयम्भू दर्शन गर्न चीनबाट महामञ्जुश्री पाल्नु भएको रहेछ । उहाँसंग पाल्नु भएका वरदा र मोक्षदालाई चोभारको दायाँ फुल्चोक र बायाँ द्दिलाच्व डाँडामा रखवारी स्थापित गरी चोभार डाँडा काटेर पानी निस्कन दिई उपत्यकालाई “मञ्जुपत्तन” नामाकरण गरिएको इतिहास छ । त्यस पश्चात बौद्ध महायान् धर्म गुरु शान्तिकराचार्यले स्वयम्भू ज्योतिलाई छोपेर महाचैत्य निर्माण गरेको थियो । त्यसकारण गुंलाधर्म भनेको चैत्य सेवा हो । त्यसबेला हारति अजिमाले आफ्नाे एकसय आठ सन्तान पाल्न मानिसको बच्चाहरु चोरेर खाएको देखेर बुद्ध भगवान्ले उनका सबै बच्चाहरुलाई गुंला एक महिना भरी लुकाइ दिएछन् । यो कुरा थाहा पाएर हारति अजिमाले बुद्धसित आप्mनो सन्ताहरु फिर्ता मागिन् ।

जसरी तिमीलाई आफ्नाे सन्तानको माया छ अर्कालाई पनि त्यस्तै हुन्छ । त्यसैले अर्काको सन्तान मार्ने नगर भनेर वाचा लिई ६ जना काखमा राख्न दिई अरु अगाडि पारिदिनु भयो । त्यसैले गुंला एक महिना हारति अजिमा कहाँ छाहायेके पुजा गरिदैन बरु बुद्ध भगवान्को चैत्य परिक्रमा गरी प्राकृतिक विपत्ति टरेर जाओस् भन्ने मनोकामना सहित दिप प्रज्जोलन गरिन्छ ।
यंलाधर्म प्रतिपदामा पनि विशेष गरी पापी मुक्त भएको किंवदन्ती अनुसार दिवंगत भएका सन्ततिहरुको नाममा उहाँहरुको आत्माले चिर शान्ति प्राप्त गरुन् साथै सुखावती भूवनमा बाँस गरुन् भन्ने हेतु एक महिना भाद्र शुक्ल प्रतिपदा देखि नेवाः समुदायको मौलिक बाजागाजा सहित बेलुकी बेलुकी विभिन्न शक्तिपिठ् स्थलहरुमा गई दिप प्रज्जोलन गरी यंलाधर्म प्रतिपदा मनाउने चलन छ । नेवाः समुदायले साउन शुक्ल (गुंला प्रतिपदा) देखि भाद्र शुक्ल (येंया पुन्ही) सम्मको तिथिहरुमा धेरै चाडपर्वहरु भित्राउने गर्दछ ।
नाग पञ्चमी, क्वाटी पुन्ही, सापारु, पञ्चदान, बाबुको मुख हेर्ने, गणेश चौथी र इन्द्र जात्रा । यस मध्ये इन्द्र जात्रालाई आज पनि उपत्यकामा भव्यताका साथ ८ दिन सम्म मनाइन्छ । वर्षाको देवता इन्द्रको नाममा यो चाड मनाइन्छ । यो एकहप्ते चाड हो । यस अवधिमा नाचगान, देवीदेवता प्रदर्शन, समयबजि खाने खुवाउने काम आदि गरिन्छ । नेपालसंवत्को एक महिनाको नाम इन्द्रला छ, जुन एन्दला हुँदै वर्तमानमा यंला (भाद्र महिना) भएको छ ।
इन्द्रयात्रा-एन्दयात हुँदै यंयाः भएको छ । यो चाड भाद्र शुक्ल द्वादशीमा इन्द्रध्वजोत्थान ९लिंगो गाड्ने० गरेपछि शुरु हुन्छ । काठमाडौंको अन्तिम राजा जयप्रकाश मल्लले नेसं ८७७ ९ईसं १७५७० मा कुमारीघर बनाई भाद्र शुक्ल चतुर्दशीमा कुमारीको भव्ययात्रा गरेदेखि यस दिनलाई खास इन्द्रजात्रा दिन मान्ने परम्परा बस्यो र कुमारीजात्रा गर्ने परम्परा पनि बस्यो । इन्द्र स्वर्गको राजा हुनाले इन्द्रजात्रामा पितृको नाममा बत्ती बाल्ने, शहर घुम्ने आदि पनि गरिन्छ । यस्तो काम खासगरी इन्द्रजात्रा शुरु दिन द्वादशीमा गरिन्छ । इन्द्रजात्रा सप्ताहमा अनन्त चतुर्दशी पनि पर्दछ । अनन्त अर्थात् विष्णुको नामको यो दिन विष्णुलोक वैकुण्ठको महिमासँग सम्बन्धित छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology