कुवेत्,१९ भदौ ।
नेपाली संघीय समाज,कुवेतको प्रथम अधिवेशन सेप्टेम्बर २१ तारीख अलहाइतम होटलमा हुने भएको छ।
संघीय समाजवादी फोरम प्रवास संगठन नेपालको नेपाली संघीय समाज कुवेतको प्रथम ऐतिहासिक अधिवेशन यही सेप्टेम्बर २१ तारीख शुक्रबार फर्वनिय स्थित अलहाइतम होटलमा हुने भएको हो । उक्त ऐतिहासिक समारोहमा पुर्व मन्त्री एवं सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष तथा प्रतिनिधि सभा सदस्य राजेन्द्र प्रसाद श्रेष्ठलाई प्रमुख अतिथिका रूपमा निमन्त्रणा गरिएको नेपाली सङ्घीय समाज कुवेतका महासचिव लोक याम्फु खखुरा किरातले जानकारी दिएका छन् ।
नेपाली समाजमा ब्याप्त रहेको बर्गिय, क्षेत्रीय, लैङ्गकि , भाषिक, जातीय, धार्मिक सबै प्रकारका उत्पीडनलाई अन्त्य गरेर आम नेपाली जनताहरुलाई मुक्ति दिलाउन निरन्तर मैदानमा रहेको र केन्द्रिकृत एकात्मक राज्य प्रणालीलाई भत्काएर नै सबै जातीय, भाषिक, सास्कृतिक क्षेत्रीय स्वायत्ततामा आधारित पूर्ण समानुपातिक समावेशिताको आधारमा पहिचान सहितको संघीयता गणतान्त्रिक राज्य स्थापित गर्न प्रवासमा नै भएता पनि निरन्तर आफुहरु लागि रहेको समेत जानकारी गराएका छन ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology