• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

आदिबासी चलचित्र महोत्सबमा तामाङ चलचित्र मायासे लासी -३ ले प्रतिस्पर्धा गर्दै(ट्रेलर सहित)

आदिबासी चलचित्र महोत्सबमा तामाङ चलचित्र मायासे लासी -३ ले प्रतिस्पर्धा गर्दै(ट्रेलर सहित)


समायोजन खबर
  • शुक्रबार, असार १५ २०७५

  • असार १६,काठमाडौँ

    नेपालको मौलिक पहिचान र बहुभाषिक तथा बहुसाँस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्यले आदिवासी जनजाति चलचित्र महासंघले यही असार १५ देखि दोस्रो आदिवासी जनजाति चलचित्र महोत्सव–२०७५ आयोजना हुदैछ ।यस अबसरमा तामाङ भाषाको चलचित्र मायासे लासी -३ अन्य १३ वटा आदिबासी चलचित्र सँग प्रतिस्पर्धा गर्ने कुरा निर्माता तथा नायक कुमार मोक्तानले बताउनु भएको छ।

    महासंघले गत आइतबार आयोजना गरेको पत्रकार सम्मेलन गरि जानकारी गराउन गराउदैन् नेपालमा विसं २०४४ मा पहिलो पटक आदिवासी चलचित्रको निर्माण भएको थियो। नेपाल भाषाको ‘सिलु’ नामक चलचित्रको निर्माण भएदेखि हालसम्म ६०० भन्दा बढी आदिवासी जनजातिसम्बद्ध कथानक चलचित्र निर्माण भइसकेको महासंघले भनाई रहेको छ ।

    पर्यटन बोर्डमा हुने उक्त महोत्सवमा गुरुङ भाषाको ‘मैरिमो, माझीको ‘लदी पूजा, शेर्पाको टिन्छेन ‘फमा, राजवंशीको ‘दुलारी, राईको ‘ढवाङ्गकुम’, सुनुवारको ‘गो सु नङ्गा’, थारुको ‘टुटल जिन्गी’ र ‘मन्दरा’, गुरुङको ‘पा’, मगरको ‘रैयाँ’ र ‘तमसुक’, तामाङको ‘मायासे लासी ३’ तथा नेपाल भाषाको ‘कमल पोखरी’ र ‘तापलय’ गरी १४ वटा चलचित्र प्रदर्शन गरिनेछ ।

    पत्रकार सम्मेलनमा आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृतबहादुर सुनुवारले नेपालमा संघीयतासहितको संविधान कार्यान्वयन भइसक्दा पनि आदिवासी जनजातिको चलचित्रमाथि सरकारले भेदभाव गर्दै आएकोले सबै भाषाभाषीको चलचित्रको विकास भएमा मात्र देशको समग्र विकास हुने उल्लेख गर्दै यसले आर्थिक क्षेत्र पनि मजबुत हुने बताउनुभयो ।
    महासंघका महासचिव पुर्खाजित राईले महोत्सवमा समावेश चलचित्रलाई प्रोत्साहनस्वरुप रु पाँच हजारका दरले नगद पुरस्कार तथा उत्कृष्ट चलचित्रलाई ‘पब्लिक च्वाइस अवार्ड’ बापत रु २५ हजार नगद तथा ट्रफी प्रदान गरिने जानकारी दिनुभयो ।

    महासंघका संस्थापक उपाध्यक्ष विजयरत्न तुलाधरले महोत्सवमा आदिवासी जनजाति चलचित्र, वृत्तचित्र र छोटा चलचित्रको प्रदर्शनी गरिनुका साथै विभिन्न आदिवासी जनजातिको परम्परागत खाना तथा मौलिक वेशभूषाका स्टल रहने बताउनुभयो ।
    चलचित्रको माध्यमबाट आदिवासी जनजातिको मौलिक कला, संस्कृति, भाषा, धर्म तथा प्रथाको दस्तावेजीकरण तथा संरक्षण गर्ने लक्ष्य महोत्सवको रहेको छ ।
    प्रतिस्पर्धामा रहेको तामाङ चलचित्र मायासे लासी -३ भोलि दिउसो १ बजे प्रदर्शन हुने जानकारी निर्देशक डि. बी. मोक्तानले जानकारी दिनु भएको छ । नेपालको बिभिन्न शहरमा प्रदर्शन भईसकेको उक्त चलचित्र यस अघि जापानमा पहिलो चोटी च्यारेटी शो भएको थियो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology