समायोजन खबर खोटाङ, गायक सागर संसार राई भ्वाइस अफ नेपाल सिजन-७ को लाइभ राउण्डमा पुगेका छन्।
हिमालय टेलिभिजनबाट प्रसारण हुने उक्त सोको शनिबार प्रसारित नकआउट सोबाट कोच खेम सेन्चुरीले सागरलाई लाइभ राउण्डमा लाने निर्णय सुनाएका थिए।
लाइभ राउण्डमा पुगेपछि सागरले, खल्ती एपबाट भोट गरेर अगाडि बढाइदिन अपिल गरेका छन्। सागरले ब्लाइण्ड अडिसन र नकआउटमा उत्कृष्ट प्रस्तुती दिंदै कोच र दर्शकको मन जितेका थिए।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवासुङका स्थायी बासिन्दा सागरले छैन भरोसा, न त हास्ननै सक्छु, गाउँघरमा बस्दा लगायत चर्चित गीतहरुमा स्वर भरेका छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology