फुर्वा शेर्पा ,२६ जुन टेाक्येा
नेपाल अ।दिबासी जनजाति पत्रकार महासंघ(फेानिज)शाखाकेा अ।येाजनामा प्रबासमा जातिय संस्थाहरू वीच सहकार्य तथा एकताकेा सवाल र पहिचानकेा अ।न्देालनमा फेानिजकेा भुमिका बिषयक एक दिने अन्तरकृया कार्यक्रम सम्पन्न भएकेा छ ।
फेानिज जापानका अध्यक्ष चासिला तामाङकेा सभापतित्वमा सम्पन्न कार्यक्रमकेा प्रमुख अतिथिमा नेपाल अ।दिबासी जनजाति महासंघ जापानका अध्यक्ष सुमन लिम्बु,बिशेष अतिथिमा पत्रकार महासंघ जापानका अध्यक्ष मेाहन घले रहनुभएकेा थियेा । अन्तरकृया कार्यक्रमकेा सहजीकरण एनअ।रएनए अ।इसिसि सदस्य तथा जनजाति अगुवा अे।म गुरूङले गर्नुभएकेा थियेा ।
अन्तरकृया कार्यक्रममा नेपाल अ।दिबासी जनजाति महासंघ जापानका पदाधिकारीहरू,जापानमा रहेका जातियसंस्थाका अध्यक्ष ,प्रतिनिधिहरू,जातिय हकहितका लागि कृयाशिल जनजाति नेता अगुवाइ,पत्रकारहरूकेा बाक्लेा उपस्थिति रहेकेा थियेा ।

कार्यक्रममा उपस्थित जातिय संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूले नेपालमा पहिचानकेा नेतृत्व पहिचान नचाहने नेताहरूले गर्दै अ।इरहेकेा,उनीहरूले राजनैतिक भबिष्य प्राप्त हुने बितिकै पहिचान र अधिकारकेा मुद्दालाइ अे।झेलमा पारेकेा, लामेा समयदेखि हतियारकेा बलमा जातिय पहिचानहरू मास्ने कार्य भएकेा अ।रेाप लगाए । जातिय पहिचान प्राप्त हुन नसक्नुकेा मुख्य समस्याकेा जड राज्यकेा नीति नियम भएकेा, ति नीतिनियमहरूमा जातिय अधिकारहरू उल्लेख नभएकेा कारण जातियसंस्थाहरू स्थापना गरी अधिकार प्राप्तिकालागि बिभिन्न अ।न्देालनहरू गर्दै अ।इरहेकेा बताए ।

अधिकांश बक्ताहरूले जातिय पहिचान प्राप्त गर्नका लागि जनजाति युवाहरूमा चेतनास्तरकेा बिकास हुनुपर्ने ,जनजाति अधिकार तथा सवालसंग सम्बन्धित लेख रचना समेटिएकेा पुस्तक,सामग्री, प्रकाशन गरी अध्ययनमा जेाड दिनुपर्ने,बिदेशमा रहेकेा फेानिज संस्थाहरूले नेपालमा रहेका फेानिजसंग सहकार्य गरी पहिचान र अधिकार प्राप्तिका लागि संचार क्षेत्रमार्फत महत्वपुर्ण भुमिका निभाउनु पर्ने र जापानमा रहेका जातिय संस्थाहरू एकजुट भइ जापानमा नेपाली समुदायहरूमा देखिएकेा बिबिध समस्याहरूबारे सामुहिक रूपमा छलफलगरी अघि बड्रनुपर्नेमा जेाड दिनुभएकेा थियेा ।फेानिज जापानले जापानमा रहेका जातिय संस्थाहरूलाइ एकताबध्द गराउन महत्वपुर्ण कार्यकेा थालनी भएकेा भन्दै सहभागीहरूले कार्यक्रमकेा मुक्तकण्ठले प्रसंशा समेत गरेका थिए ।
बिहान ११ बजेदेखि संचालन गर्न लागिएकेा कार्यक्रम प्राबिधिक कारणबस केही समय ढिला गरी सुरूवात भएकेा थियेा ।कार्यक्रममा करिब ३० जना भन्दा बढी सहभागिहरूकेा सहभागिता रहेकेा थियेा ।कार्यक्रम फेानिज जापानका सहसचिव शशिकला मेाक्तानले संचालन गरेकी थिइन ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology