फुर्वा शेर्पा, ८ जुन, जापान
नेपाली पत्रकारिताको क्षेत्रमा क्रियाशील आदिवासी जनजाति पत्रकारहरुको साझा संगठनको रुपमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) क्रियाशील रहँदै आएको छ । यो संगठनले आदिवासी जनजाति पत्रकारहरुलाई संगठित गर्दै उनीहरुकेा हकहितका साथै क्षमता अभिवृद्धिका लागि महत्वपूर्ण कामहरु गर्दै आएको छ । विगत १५ वर्षदेखि संगठित हुँदै अहिले आएर ४६ जिल्ला र चार विदेश शाखाका रुपमा हामी विस्तार भइसकेका छौं । यो हाम्रो संगठनको गौरवको विषय हो ।
वास्तवमा नेपालका आदिबासी जनजातिहरुको मौलिक संस्कृति र परम्परा देशका सुन्दर गहना हुन । यही बिशिष्टतालाइ मध्यनजर राख्दै समानता र भातृत्वका साथ नेपाली समाजको बिकास हुनु आवश्यक देखिन्छ तर यसो हुन सकिरहेको छैन । अ।दबिासी जनजातिहरुलाइ राष्टको मुलधारमा समाहित हुन नसक्नु नगराउनु तितो यर्थाथ अनि दुखद पक्ष हो । आदिबासी जनजातिहरुको पहिचानलाइ अक्षुण्ण राख्दै राष्टिय मुलधारमा समाहित र्पादै समाबेशी र सहभागितामुलक ढंगले लाग्न संचारकरमीहरुको दायित्व महत्वपुर्ण हुन्छ ।
तर अहिलेसम्म नेपालमा आदिवासी जनजातिहरुको अधिकार तथा मुध्दाहरु राष्टिय संचारमाध्यमहरुमा सशक्तडंगले समाहित हुन सकिरहको छैन । जातिय पहिचान तथा हकअधकिार सम्बन्धि कृयाकलाप साथै समयसमयमा हुने र्कायहरुलाइ जनमासमा पुराउन ,सुचना दिनका ष्लागि आदिवाासी स्वयं संगठित भइ भुमिका निर्बाह गर्न ,राष्टको बृहत्तर हितका लागि संगठित हुन नेपालमा फोनिज स्थापना भएको जानकारी गराउन चाहन्छु ।
हाम्रो मुख्य उद्देश्य भनेकै नेपाली पत्रकारितालाई बढीभन्दा बढी व्यावसायिक बनाउने हो । अहिले देखिएका विकृति विसंगति हटाउँदै सामाजिक संरचनाअनुसारको बहुलतालाई नेपाली पत्रकारिताको माध्यममार्फत् परिष्कृत र विकसित गर्न चाहन्छौं । त्यसका लागि आमसञ्चारकर्मी व्यावसायिक रुपमा सशक्त र प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने किसिमको हुन जरुरी छ । अहिले फोनिज विविधतायुक्त समाजअनुरुपको पत्रकारिताको अभ्यास गर्नका लागि त्यस दिशामा अघि बढिरहेका छौं ।
आदिबासी जनजातिहरुको सांस्कृतिक पोलुसन कम गर्न चेतना जगाउने,बिभिन्न तालिम संचालन गरी दक्षता अभिबृदि गराउने साथै मानवअधकिारको बश्विब्यापी घोषणापत आइएलअेा १६९ले निर्दिष्ट गरको अधिकार पाउनका लागि चेतनामुलक कार्यहरु गर्ने र राष्टको शान्ति र स्थायित्वको लागि राज्यकेा मुलधारमा जनजाति लगायतका समुदायको पहुच र सहभागिता जनाउन नेपालमा फोनिज स्थापना भएको अवगत गराउन चाहन्छु
जापानमा रहेका आदिबासी जनजाति संचारकर्मीहरुको सकृयतामा २०७२ साल बैशाख १ अथवा २०१५ अप्रिल १४ तारिखको दिन नेपाली नयाँ बर्षको अवसर पारी शान्त पहारीको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन भएकेा थियौ ।

२०१५ नोबेम्भर २९ तारिख मा जापानमा रहेका बिभिन्न संघसस्थाका प्रतिनिधिहरूको उपस्थितमा महामहिम राजदुत कृष्ण चन्द्र अर्यालज्युको बिशेष अथित्यमा प्रथम गरेका थियौ । प्रथम भेला पुन शान्त पहारीज्युको अध्यक्षतामा ११ सदस्स्यीय नया कार्यसमिति सर्वस्मतरूपमा चयन गरेका थियौ । अधिबेशन पश्चात फोनिज जापानले नेपालमा भुकम्प पिडित सहयोगार्थ फोनिज नेपाल अर्थकुइक हेल्पट्रष्ट स्थापना गरी ८० हजारयेन फेानिज केन्द्रलाइ नेपालमा पठाएका थियौ । जुन सहयेाग फेानिज केन्द्रकेा अगुवाइमा नेपालकेा भुकम्पडितहरूलाइ प्रत्यक्ष भेटेर बितरण गरिएकेा थियेा ।
त्यस्तै भुकम्पपीडित बिधार्थीहरूलाइ पनि सहयेाग गर्ने उदेश्यले २०७२ चैत ८ गते रामेछाप जिल्लाकेा पशुपति निमाबि गेलु रामेछाप र २०७२ चैत १३ गते सिन्धुपाल्चेाकमा रहेकेा बाल प्राथामिक बिधालयलाइ अ।वश्यक पर्ने शैक्षिक सामग्रीहरू फेानिज जापान अध्यक्ष शान्त पहरी स्वयं अ।फै गएर एक अै।पचारिक कार्यक्रम अायेाजना गरी बितरण गर्नुभएकेा छ ।
त्यसपछि फेानिज जापानले जापानमा रहेका कृयाशिल जनजाति पत्रकारहरू र पत्रकारिताप्रति रूचि राख्ने जनजाति तथा गैरजनजाति पत्रकारहरूलाइ जापानकेा इतिहासमै पहिलेा पटक ब्यबसायिक पत्रकारिता र प्रभानकारिता बिषयक १ दिने तालिख संचालन गरेका थियैा ।तालिम बिशेषगरी खेाजपत्रकारिता र रिपेार्टिङ ,अनलाइन पत्रकारिता,क्यामराकेा ज्ञान,सेासल मेडिया,वेभसाइट र ग्राफिक्सकेा बिषयमा दिएका थियैा ।

राजदुत कृष्ण चन्द्र अर्यालकेा प्रमुख अतिथ्यमा र पत्रकार महासंघ जापानका पुर्वअध्यक्ष तिलक मल्ल ज्युकेा बिशेष अतिथ्य रहेकेा तालिमकेा सहजीकरण जापानमा रहनुभएका पत्रकारहरू अ।नन्द केाइराला,रबिन्द्र श्रेष्ठ,राजन गैातम,र बिष्णु सुवेदी र पवनबर्षा शाहले दिनसभएकेा थियेा । जुन तालिममा करिव ४० जनाकेा उत्साहजनक सहभागिता रहेकेा थियेा ।
त्यस्तै नेपालमा क्यान्सर पीडित बिरामि स्वबियु पाटन क्यापम्पसका केाषअध्यक्ष दिलिप लामाकेा स्वास्य उपचारका लागि जापानबाट फेानिज उपाध्यक्ष चासिला वाइवालामाकेा संयेाजकत्वमा रकम संकलन गरी सहयेाग गरेकेा थियैा
त्यस्तै नेपाल अ।दिबासी जनजाति महासंघ जापान लगायत जापानमा रहेका बिभिन्न जातिय संस्थाहरू रअन्य सर्स्थाहरूले अ।येाजना गर्ने बिभिन्न कार्यक्रमहरूमा सहभागिता भइ सहयेाग गर्ने ,जापान बासी नेपालिहरूमा अ।इपर्ने अ।कस्मिक समस्याहरूमा बिभिन्न सहयेाग गर्दै अ।एका छैा ।
पछिल्लेा समयमा फेानिज जापानले नेपालकेा दुर्गम गाउकेा बिध्यालयहरूमा पुस्ताकालय स्थापना गर्ने येाजना बमेाजिम हामीले सेालुखुम्बु र देालखा जिल्लालाइ छनैाट गरेका थियैा तर केही प्राबिधिक कठिनाइका कारण तत्काल गर्न सकेकेा छैन लाइबेरी स्थापना कार्यक्रमलाइ निकट भबिष्यमा संचालन गर्ने येाजना रहेकेा छ ।
निस्कर्ष
देशमा विविधता छ । तर यहाँका नीति नियमहरु ती विविधतालाई सम्बोधन हुन सकिरहेको छैन । अझ सञ्चार नीति समावेसी छैन । विगतदेखि नै भन्दै आएका छौं कि नेपालको समाजलाई साँच्चै समृद्ध बनाउने हो भने सञ्चार माध्यम समावेसी चरित्रको हुनु जरुरी छ । पहुँच र प्रतिनिधित्व मात्र नभई विषयवस्तुमा समेत समावेशिताको सिदान्त अपनाउने हो भने नेपाली पत्रकारिता साँच्चै व्यावसायिक बन्न सक्दछ । हामी सबैको ध्यान त्यसतर्फ जान जरुरी छ ।
लोकतन्त्र, विकास र सुशासन कायम गर्नका लागि पनि पत्रकारिताको महत्वपूर्ण भूमिका रहन्छ । पारदर्शी र जवाफदेहीपूर्ण पत्रकारिताले मात्र सुशासन कायम हुनसक्दछ, लोकतन्त्र फस्टाउन सक्दछ । अनिमात्र नेपाली पत्रकारितालाई क्षेत्रलाई थप टेवा पुग्नेमा दुइ मत छैन
स्रेात- फेानिज जापान प्रगति प्रतिबेदन
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology