• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मिस गुरुङ इन्टरनेशनल सिजन-२ को देशव्यापी अडिशन हुँदै

मिस गुरुङ इन्टरनेशनल सिजन-२ को देशव्यापी अडिशन हुँदै


समायोजन खबर
  • मंगलबार, जेष्ठ १५ २०७५

  • समायेाजन खबर डटकम १५ जेठ काठमान्डैा

    “मिस गुरुङ इन्टरनेशनल सिजन – १” को अपार सफलता पश्चात यस वर्ष पनि “मिस गुरुङ इन्टरनेशनल सिजन – २” को तयारी तथा देशको विभिन्न ठाउँमा अडिशन शुरु भएको छ l मृगतृष्णा फेशन हाउसको आयोजना तथा स्टायल एडी ईन्टरटेनमेन्टको व्यबस्थापनमा “मिस गुरुङ्ग इन्टरनेशनल”को दोश्रो सिजनको हुन गई रहेको यस प्रतियोगिता कि पुर्वान्चल कोअर्डिनेटर सांगी गुरुङले बताएकी छिन l

    लामो समयदेखि देशका विभिन्न स्थान तथा विदेशमा समेत सफल फेशन शो तथा सौन्दर्य प्रतियोगिताहरु आयोजना गरेर ख्याति कमाउन सफल मृगतृष्णा फेशन हाउसको आयोजनामा हुन लागेको अन्तराष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगिता “मिस गुरुङ्ग ईन्टरनेशनल २०१८” को दोश्रो सिजन सुरु गर्न लागेको हो ।

    गुरुङ्ग समुदायका युवतीहरु प्रति लक्षित गर्दै यस समुदायका कला, संस्कृति तथा भाषा, भेष भुषा लगायत समग्र व्यक्तित्व विकास गर्ने उदेश्यले उक्त प्रतियोगिता आयोजना हुदै आएको छ । प्रतियोगिताका लागि नेपालका वरिष्ठ व्यक्तित्व एवं चर्चित कलाकारहरुको उपस्थितीमा आर्मी अफिसर्स क्लबमा भव्य रुपमा आयोजना हुने मिसेस गुरुङ्ग इन्टरनेशनल प्रतियोगीताको अडिसनका लागि देशका विभिन्न स्थान तय भएको छ l

    काठमाडौ लगायत देशका मुख्य शहर नवलपरासीको कावासोती, पोखरा, लमजुङ्ग, धरान, ईटहरी तथा नेपालगंजमा ईच्छुक गुरुङ्ग युवतीहरुको छनौट प्रक्रियाका लागि अडिसन राखिने मृगतृष्णा फेशन हाउसकी प्रबन्ध निर्देशक तथा चर्चित फेशन डिजाईनर तृष्णा गुरुङ्गले प्रतियोगिताको फेसबुक पेज मार्फत जानकारी गराएकी छिन ।

    उक्त प्रतियोगिताको बिजेता तथा उपाधी बिजेताहरुले स्कुटर, पचास हजार नगद पुरस्कार, फेशन डिजाईनरमा शत प्रतिशत स्कोलरसिप, थाईलैण्ड भ्रमण प्याकेज, एयर होस्टेस तालिममा स्कोलरसिप, ६ महिनासम्म व्युटी पार्लरमा विभिन्न सेवा सुविधा लगायत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन l

    प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाई पच्चीस दिनको विशेष प्रशिक्षण प्रदान गरिने छ जसमा नेपालका ख्याति प्राप्त कोरियो ग्राफर तथा मिस नेपाल सुगारिका केसी एवं ट्रेनरबाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिईने छ ।

    समाचार-तमु खबर डटकमकेा सहयेागमा

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology