समायेाजन खबर डटकम /१४ मे , टेाक्येा
सानुकुमारी स्मृति प्रतिष्ठान जापानकेा अ।येाजनामा तामाङ कथानक चलचित्र मायासे लासी भाग ३ केा प्रियमियर सेा भब्य रूपमा सम्पन्न भएकेा छ । हिजेा टेाक्येा स्थित नेरिमा बुङखा सेन्टरहलमा स्थानिय समयनुसार बेलुकी ६ बजे देखि १० बजेसम्म भएकेा कार्यक्रम प्रतिष्ठानका रूबिना तामाङकेा सभापतित्व र चलचित्रका नायक कुमार मेाक्तानकेा प्रमुख अ।तिथ्यमा सम्पन्न भएकेा थियेा ।
कार्यक्रमकेा सुरूवातमा तामाङ समाज जापानका महासचिव हिमाललामाले उपस्थित अतिथिहरूलाइ स्वागत मन्तब्य मार्फत स्वागत गरेका थिए । स्वागत मन्तब्य पश्चात उपस्थित सम्पुर्ण अथितिहरूले सानुकुमारी तामाङकेा तस्बिरमा खादा अे।डाइ मृतककेा सम्झना स्वरूप करिब एक मिनेट मैान धारण गरेका थिए । त्यसपछि सानुकुमारी तामाङकेा लासलाइ नेपाल लैजान महत्वपुर्ण सहयेाग गर्नुहुने जापानस्थित नेपाली संघसंस्था ब्यक्तिहरूलाइ समाजकेा तर्फबाट खादा र प्रमाणपत्रमार्फत सम्मान समेत गरेका थिए ।

अ।फ्नेा भनाइहरू राख्ने क्रममा नेपाल तामाङ समाज जापानका तत्कालिन अध्यक्ष सुकुमान थिङ तामाङले सानु कुमारी तामाङ जीवित हुँदा भेट हुन नसकेकेा मृतक लासलाइ भेट्रदा दुख लागेकेा बताउनुहुदै मृतककेा लास नेपाल लैजान सहयेाग गर्नुहुने जापानबासी नेपालीहरूमा धन्याबाद ब्यक्त गर्नुभयेा । साथै उहाँले जापानमा नेपाली समुदायहरूमा हुने भैपरी घटना न्युनीकरण गर्न र हुन नदिन अ।वश्यक मेकानिजम बनाउनुपर्नेमा जेाड दिनुभयेा ।
प्रतिष्ठानकेा बारेमा जानकारी गराउदै प्रतिष्ठानकी रूबिना तामाङले अ।फ्नेा बहिनीकेा स्मृतिमा जापानमा पहिलेा पटक तामाङ चलचित्र प्रदर्शन गरी तामाङ समुदायकेा भित्रकेा कला संस्कृति संरक्षनार्थ येा कार्यक्रम अ।येाजना गरेकेा बताउनुभयेा । अध्ययनकेा शिलशिलामा जापान अ।एकी बहिनीकेा सन२०१२सालमा जापानमा अकल्पनिय निधन भएकेा दुखद घटनाकेा स्मरण गराउँनुहुदै दुखद घडीमा साथ सहयेाग गर्नुहुने सम्पुर्ण जापानबासी संघसंस्था,बिध्यार्थीहरू,तामाङ समाज जापानका पदाधिकारीहरू लगायत सम्पुर्णलाइ धन्याबाद समेत प्रकट गर्नुभएकेा थियेा ।

कार्यक्रमकेा प्रमुख अथिति तथा चलचित्रका नायक कुमार मेाक्तानले जुनसुकै ठाँउमा तामाङ समुदायकेा हकहित र पहिचानकेा लागि चलचित्रमार्फत येागदान दिदै अाइरहेकेा र यसै क्रममा जापानमा मायासे लासी भाग ३ केा प्रदर्शन गर्न सफल भएकेा बताउनुभयेा । नायक मेाक्तानले तामाङ चलचित्र बिश्वभर पुर्याउने समेत बताउनुभयेा ।मायासे लासी चलचित्रमा द्न्दकालिन समयका यथार्थ र मायाले नै द्वन्दकेा अन्तन्य हुन्छ भन्ने कथाबस्तुहरू समेटिएकेा जानकारीसमेत गराउनुभयेा ।

कार्यक्रममा जापानमास्थित बिभिन्न संघसंस्थाका प्रतिनिधि,जातिय संस्थाका प्रतिनिधि,तामाङ समाजका पदाधिकारी,बिध्यार्थीहरूकेा उल्लेखनिय सहभागिता रहेकेा थियेा । अै।पचारिक रूपमा सम्पन्न कार्यक्रमकेा संचालन चासिला वाइवा तामाङले गर्नुभएकेा थियेा । यसै वीच हिजै चलचित्रका नायक कुमार मेाक्तानलाइ राजधानी स्थित सेालमारी रेष्टुरेन्टमा एक अै।पचारिक कार्यक्रम गरी जापानबासी तामाङ समुदायले बिदाइ समेत गरेकेा छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology