समायेाजन खबर ७ मे जापान
किरात राई यायोक्खा, जापानको आयोजनामा टोक्योको हाईजिमा स्टेशनबाट नजिकै रहेको नेचुरल पार्कमा BBQसहित भव्यताको साथ साकेला चाड भब्यरूपमा मनाएका छन । किरात राई यायोक्खा जापानका अध्यक्ष राजकुमार राईको सभापतित्वमा र आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष सुमन लिम्बुको प्रमुख उपस्थितिमा विहान १२ वजेबाट सुभारम्भ भएकेा थियेा ।

औपचारिक रूपमा सम्पन्न भएकेा सेाही कार्यक्रममा सभापतित्वकेा अ।सनबाट बेालनुहुदै कार्यक्रमका सभापति तथा किरात राई यायोक्खा जापानको अध्यक्ष राजकुमार राईले नेपाल सरकारले किरातिहरूलाई आफ्नु मौलिक राष्ट्रिय चाड मनाउँन दिदै आएको १ दिनको बिदाको दिनको पनि कटौटी गर्ने निर्णय गरेर किरातिहरू माथि गम्भिर अन्याय गरेकोमा आफुहरू दु:खि भएको बताउनुभयेा । राईले सबै जात- जाति र धर्मलाई हेर्ने नेपाल सरकारको सोचमा परिवर्तन नभए सम्म देशले विकासको गति लिन नसक्ने जिकिर समेत गर्नुभयेा । कार्यक्रममा प्रमुख अथिति तथा आदिवासी जनजाति महासंघ, जापानको अध्यक्ष सुमन लिम्बुले साकेलाको बिदा कटौटी गर्ने सरकारको निर्णय प्रति आन्दोलन सुरू भएको र सरकारले निर्णय फिर्ता नलिए सम्म संघर्ष जारी रहने बताए।

कार्यक्रममा गैरआवासिय नेपाली संघ(NRNA)जापानको अध्यक्ष टासी वाङदी लामा, नेपाली संघीय समाज, जापानको अध्यक्ष पेम्बा शेर्पा, थकाली समाज जापानको अध्यक्ष बुध्दि गौचन, तामाङ समाज जापानका अध्यक्ष कुमार मोक्तान,शेर्पा संघ जापानका अध्यक्ष छेवाङ जाङबु लामा, पूर्वी विकास सहकार्य केन्द्र , जापानको उपाध्यक्ष कुमार कार्कि,किरात याक्थुम चुमलुङ जापानको उपाध्यक्ष शुदिप लिम्बु र किरात राईहरूको साकेलाको बारेमा लामो विगत लामो समय देखि खोज अनुसन्धान गर्दै आऊँनु भएका जापानिज नागरिक युको ओकामोटो, मगरसंघ जापानका प्रतिनिधि किरण मगर ल नेपाल जापान युथको अध्यक्ष लेलिन भट्टचन,तामाङ यूथ जापानका अध्यक्ष कुमार तामाङ वाईबा लगायत जापानमा रहेका विभिन्न संघ संस्थाहरूको प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा जापानबासी किराति राईहरू आफ्नो मौलिक भेषभुषामा उपस्थित भएका थिए ।गैरकिरातिहरूको पनि बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा आफ्नै किराति पिता पुर्खाहरूलाई सम्झिदै विभिन्न चरा-चुंगी र पशुपंक्षीहरूको नककलगर्दै सिलीको तालमा राईभाकाको आफ्नै मौलिक गीतहरूमा नाँच गानगर्दै किरात राईहरूले रमाईलो गरेका थिए।

किरात राईहरूले यो चाड उभौलि र ऊधौली गरि वर्षमा २ पटक मनाउँदै आइरहेका छन् ।जापानमा भने टोक्यो, नागोया,टोचुकि र फुकुओका लगाएत अन्य क्षेत्रहरूमा पनि व्यापक रुपमा मनाऊँदै आएको छ। विहान १२ वजेबाट वेलुका १९ बजे सम्म भएको सेाहि कार्यक्रम किरात राई यायोक्खा जापानको वर्तमान सल्लाकार संजीब राईले संचालन गरेका थिए।

किरात राइ यायेाख्खा जापानकेा स्थापना सन २०१३मा भएकेा थियेा । यायेाख्खाले स्थापनाकालदेखि बिभिन्न सामाजिक कृयाकलापहरूकेा साथै किरात राइहरूकेा भाषा,धर्म,संस्कृति संरक्षनार्थ बिभिन्न कृयाकलापहरू गर्दै अ।इरहेका छन् ।
फेाटेा -सन्जिब राइ
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology