काठमाडौ: तामाङ भाषामा बनेको देबनागारिक लिपिमा रहेको ‘तामाङ किबोर्ड’ एप्लिकेशन शुक्रबार सार्बजानिक भएको छ ।
सासंद हितबहादुर तामाङको उपस्थितिमा तामाङ किबोर्ड एन्ड्रोइड एप सार्वजानिक गरेको हो । तामाङ किबोर्ड भिक्टर कुमार सापकोटाले निर्माण गरेका थिए । भाषाविद् अमृत योञ्जन तामाङ र इन्द्र तामाङको सल्लाहमा तयार पारिएको हो ।
भाषाविद योञ्जनको सभापतिमा भएको कार्यक्रममा भाषा आयोगका अध्यक्ष डा. लभदेव अवस्थी, नेपाल सरकारका पूर्व सचिव धनवहादुर तामाङ, भाषा विज्ञान समाजका अध्यक्ष कमल पौडेल, बालकृष्ण बल लगायत अतिथिहरु उपस्थित रहेका थिए ।
पूर्वमन्त्री तथा सासंद हितबहादुर तामाङले तामाङ कि-बोर्ड एप्स सार्वजानिक गर्दै प्रविधिको दुनियाँमा तामाङ भाषाले प्रवेश गरे सँगै तामाङ समाज लावान्भित हुने बताए ।
कार्यक्रममा उपप्राध्यापक डा.बलले तामाङ किबोर्डको अवधारण र प्रयासको पृष्ठभूमिबारे बताए । अब देखि ‘प्ले स्ट्रोर’ मार्फत तामाङ किबोर्ड डाउनलोड गरि एप्स चलाउन सकिने भएको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology