भोजपुर, १४ चैत्र । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ भोजपुरमा राजन राई चयन भएका छन् । महासंघको तेस्रो जिल्ला अधिवेशनबाट राईलाई सर्वसहमतले अध्यक्षमा चयन गरेको हो ।
भोजपुरको आदिवासी जनजाती महासंघको भवनमा भएको अधिवेशनले उपाध्यक्षमा सारादा तामाङ, सचिव प्रदिपचन्द्र राई, सह– सचिव जमुना राई र कोषाध्यक्ष गोकुल भुजेल सहित ९ सदस्य जिल्ला कार्य समिति चयन गरेको छ ।
त्यसैगरी अधिवेसनले प्रदेश र केन्द्रिय प्रतिनिधि समेत चयन गरेको छ । केन्द्रिय प्रतिनिधिहरुमा किरण राई, सरिता राई, वुद्ध तामाङ, अवतारमान राई, र सन्देश राईलाई छनौट गरेको हो । त्यस्तै प्रदेश प्रतिनिधिमा एक्सन राई, केशर राई र विकेक राईलाई छनौट गरिएको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology