स्वीटजरल्याण्ड । नेपालको पर्यटकीय सुन्दरतालाई स्वीटजरल्याण्डमा प्रचारप्रसार र प्रबर्धन गर्न स्विट्जरल्याण्डका हिमालहरुमा नेपाली झण्डा फहराइएको छ ।
स्वीटजरल्यान्डका लागि पर्यटनदुतद्वय कमल भट्ट र आङ्ग तेञ्जिङ्ग शेर्पाको संयुक्त आयोजनामा सधैका वर्षहरुमा जस्तै यस पटक पनि स्वीसमा पर्यटन प्रबर्धन कार्यक्रम भएको छ ।
गत मार्च ४ तारिखका दिन मेल्च्सी फ्रुटमा स्नो एंड फन कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा स्विट्जरल्याण्डमा रहेका नेपाली संघ संस्थाका प्रतिनिधि, पर्यटन ब्यबसायीसँग सम्बन्धित पर्यटन ब्यबसायीको उपस्थिति रहेको थियो ।
स्विट्जरल्याण्डको बहुसांस्कृतिक समुदायमा नेपाली समुदायको बढ्दो बिकास र प्रगतिलाई ध्यानमा दिएर नेपालको लागि पर्यटन भित्र्याउन कार्यक्रम गरिएको आयोजक कमल भट्टले बताए ।
जाडो याममा विश्वका विभिन्न देशबाट हिउँ खेल्नको लागि हजारौ पर्यटक स्वीटजरल्याण्ड आउछन् । यहीँ समयलाई मध्यनजर गर्दै यहाँ रहेका नेपालीहरुले नेपाली झण्डासहित स्वीटजरल्यान्डका हिमालमा स्नो फन कार्यक्रम मनाएका हुन् ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology