• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

न्युयेार्कबासी शेर्पाहरूले धुमधामसंग सडकमै स्यब्रु नाँच नाँचेर लेासार मनाए ।

न्युयेार्कबासी शेर्पाहरूले धुमधामसंग सडकमै स्यब्रु नाँच नाँचेर लेासार मनाए ।


समायोजन खबर
  • शुक्रबार, फाल्गुन ११ २०७४

  •  

    समायेाजन खबर २३ फेब्रुवरी

    हिमाली बौद्ध धर्मावलम्बीहरुले नयाँ वर्षको पहिलो दिन मनाउँदै आएको लेासार अमेरिकामा बसोवास गरिरहेका शेर्पाहरुले भव्यरुपमा मनाएका छन् । शेर्पा किदुकको आयोजनामा शुक्रबार बिहान ८ देखि साँझ ५ बजेसम्म विश्वशान्ति पूजा गरेर धूमधाम मनाइकेा थियेा ।

    न्यूयोर्कस्थित ज्याक्सन हाइट्स आसपास रहेका शेर्पाहरुले गुम्बामा भेला भई पूजापाठ सकेपछि  विश्व शान्तिको कामना गरेका थिए । मौलिक पोशाक बख्खुमा सजिएर गुम्बा दर्शन गर्न आउनेहरुको भिडले ज्याक्सन हाइट्समा रहेको शेर्पा किदुक अघिल्तिरको सडक खचाखच भरिएकेा थियेा । ‘गुम्बामा कार्यक्रम हुँदैछ भनेर हामीले कुनै औपचारिक घोषणा गरेका थिएनौ,’ ‘अघिल्ला बर्षहरुमा गुम्बा दर्शन गर्न आउनेको भिड बढ्न थालेपछि हामीले गुम्बाको सामुन्ने सडकमा सवारी रोक्नका लागि अनुमति मागेकेा किदुकका अध्यक्ष उर्गेन शेर्पाले बताउनुभयेा ।

    शेर्पा किदुकले तीन महिनाअघि नै न्यूयोर्क सिटीसँग सडकमा कार्यक्रम गर्ने अनुमति लिइसकेको थियो । सडक खुल्ला भएपछि दिनभर शेर्पाहरुले सडकमै सेब्रु नाचेका थिए । सन् २०११ मा शेर्पा किदुकको भवन खरिद गरेदेखि बाटो नै थुनेर पहिलो पटक महिला पुरुषहरु धित मरुन्जेल स्रेबु नाचेका थिए । जाडो याममा सधैं चिसो सिरेटो चल्ने शहरमा शुक्रबार सेब्रु नाच्नेहरुलाई मौसमले पनि उत्तिकै साथ दिएको थियो । शुक्रबारै चाइनिज लुनार वर्ष परेकाले विद्यालयहरु बन्द भएकाले सहभागिता उत्साहजनक भएकेा लेासारमा सहभागीहरूले बताए ।

    शेर्पाहरुको संस्कृति हेर्न आइपुगेका न्यूयोर्कका स्थानीय जनप्रतिनिधि काउन्सिल मेम्बर डेनियल ड्रमले पनि उनीहरुसँगै विश्व शान्तिको कामना गरे । उनको सम्मानमा शेर्पा भाषा कक्षाका विद्यार्थीहरुले शेर्पा संस्कृतिअनुसार अति विशिष्ट अतिथिहरुका लागि गाइने विशेष गीत ‘श्योर्के’ गाएर परम्परागत सम्मान गरेका थिए । ड्रमले शेर्पा परम्पराअनुसार खादा चढाउँदै औतारी गुरु टुल्कु रिन्पोछे र लोपेन ग्युर्मे छोडकसँग दर्शनभेट गरेका थिए ।

    उनले भने ‘अब शेर्पा समुदायको स्वाद चाख्न हजारौं डलरको टिकट काटेर पृथ्वीको अर्को भागसम्म पुग्न नपर्ने भएको छ । युनाइटेड शेर्पा एसोसिएसनले हाम्रै घरदैलोमा गुम्बा स्थापना गरेर न्यूयोर्कमा यति विशिष्ट संस्कृतिलाई परिचित गराएको छ । शेर्पा संस्कृति न्यूयोर्क महानगरको अमूल्य निधि हो । यसको संरक्षण गर्र्नु मेरो कर्तब्य हो ।’

    उनका अनुसार हामी सबैको पहिचान र सम्पत्ति भनेकै आ–आफ्नो धर्म संस्कृति हो । हामी सबै जातजाति र धर्मको भेषभुषा, कला र संस्कृतिको सम्मान गर्छौं । गुम्बा दर्शनपछि शेर्पाहरुसँगै उनले पनि हातमा सेतो पिठो लिएर आकाशतिर छर्कंदै विश्व शान्तिको कामना गरेका थिए ।

    न्युयेार्क बासी शेर्पाहरले बिगत २५ बर्षदेखि अपस्टेटमा गएर गुम्बा दर्शनसँगै रमाइलो गरी ल्होसार मनाउदै अ।इरहेका छन् केही वर्षपहिले अप स्टेटमा रहेको उड स्टप गुम्बामा ल्हाप्सु मनाउने गरिन्थ्यो । पछिल्ला वर्षहरुमा भने वाल्देन गुम्बामा मनाइन्छ । ल्हाप्सु मनाउनका लागि न्यूयोर्कबाट हजारौं शेर्पाहरु वाल्देन गुम्बामा जाने गर्छन् । पछिल्लो समय अन्य समुदायका नेपालीहरुको समेत सहभागिता बढेको छ । अध्यक्ष शेर्पाले समायेाजन खबरसंग बताए ।

    सन् १९९५मा स्थापित शेर्पा किदुक न्युयेार्क अमेरिकामा नेपाली समुदायको निकै पुरानो संस्था मानिन्छ । किदुकले सन् २०११ मा शेर्पा किदुकको भवन किनेका छन् । बिश्वभरका शेर्पाहरूले शेर्पा किदुककेा साह्रनिय र उदाहरणिय रहेकेा भन्दै प्रसंशा समेत गर्दै अ।इरहेका छन ।

    हाल न्यूयोर्कमा दश हजारको संख्यामा शेर्पाहरु बसोवास गर्दै आएका छन् ।

     

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology