• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

शेर्पा किदुग साईप्रसले फेब्रुवरी १८मा ग्याल्पेा लोसार मनाउने

शेर्पा किदुग साईप्रसले फेब्रुवरी १८मा ग्याल्पेा लोसार मनाउने


समायोजन खबर
  • सोमबार, माघ १५ २०७४

  •  

    ङिमदिकि शेर्पा/ समायेाजन खबर डटकम,साइप्रस

    शेर्पा महिलाहरूकेा अधिक सहभागिता रहेकेा उदाहरणीय संस्था शेर्पा किदुग साईप्रसले बिगतको वर्ष जस्तै यसवर्ष पनि बृहत रूपमा ग्याल्पो लोसार कार्यक्रम बिबिध कार्यक्रमका बीच मनाउने भएको छ। कार्यक्रम शेर्पा समुदायहरूकेा भाषा,,धर्म,कला,संस्कृति र परम्पराकेा जगेर्ना गर्ने बिशेष उद्देश्यले अ।येाजना गर्न लागेकेा शेर्पा संघ साइप्रसले जनाएकेा छ ।

    शेर्पा भाषा,कला,संस्कृति र परम्पराको संरक्षण तथा युवा पुस्तामा सिकाइको अनुभुति दिने र संरक्षणमा एकरुपता ल्याउनका लागि बिदेशी भुमिमा बसेर भएता पनि लोसार मनाउन लागिपरेको शेर्पा किदुग साईप्रसका अध्यक्ष नुमु शेर्पाले बताउनुभयो।

     

    शेर्पाहरुले आदिम कालदेखि नै लोसार पर्व मनाउदै आएता पनि पछिल्लो समयमा यो परम्परा हराउँदै गएकोले भाषा,परम्परा र संस्कारको संरक्षणका निमित्त सबै जना एकजुट हुनुपर्नेमा जोड दिनुभयो। त्यस्तै शेर्पा समुदायको नयाँ वर्ष र चिनारीको पर्व लोसार साईप्रसमा महिलाहरुकै प्रतिनिधित्वमा मनाउन लागिरहेको किदुगले जनाइएको छ। साईप्रस शेर्पा किदुग महिलाहरुकै नेतृत्वमा गठन गरिएको संस्था हेा ।

    बृहत लेासार सांगितिक कार्यक्रमपनि हुने

    शेर्पा जातिहरूको महान चाड २१४५ औं स फो खि- लेा ग्याल्पो लोसार यसवर्ष राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड सांगितिक प्रस्तुतिको साथमा बृहत लोसार सांगितिक कार्यक्रम व्यापक रुपमा आयोजना हुन लागिरहेको आयोजकले जनाइएको छ।

    सांगितिक कार्यक्रमका लागि शेर्पा राष्ट्रिय कलाकार शेर्पाकेा छेारेा पनि हिरेा छ भन्ने गीतमा चर्चा कमाउन सफल गायक गेान्पेा शेर्पा र कहानी एल्बमकि स्वरकी धनी सेानाम शेर्पाकेा साथमा स्थानिय कलाकार र डिजे शेसन हुने बताएकेा छ साथै साइप्रसकेा बिभिन्न् सिटिमा बसेाबास गर्दै अ।इरहेका शेर्पाहरूकेा उपथितिमा श्यब्रु नृत्य प्रदर्शन गराइ भरपुर सांगितिक मनेारन्जन दिलाउने भएकेा छ ।

    कार्यक्रम यही आउदो फेब्रुअरी-१८ तरिकाका दिन ट्र्रिकिस प्यालेस ,लिम्सेाल निकेासिया हाइवेइ (Trikkis palace,Limassol Nikosia highway) मा हुने अ।येाजकले जनाएकेा छ ।

     

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology