• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

शेर्पासंघ दक्षिण कोरियाले सउलमा ग्याल्बो ल्होसार मनाउने

शेर्पासंघ दक्षिण कोरियाले सउलमा ग्याल्बो ल्होसार मनाउने


फुर्वा शेर्पा
  • सोमबार, माघ १ २०७४

  • फुर्वा शेर्पा माघ/१ जापान,

    शेर्पासंघ दक्षिण कोरियाले कोरियन नयाँ वर्ष सलनालमा २१४५ औं ग्याल्बो ल्होसार साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । संघले आईतबार राजधानि सउलमा पत्रकार सम्मेलन गरि उक्त जानकारी गराएको हो ।

     

    शेर्पाहरुको मौलिक संस्कृतिको संरक्षण तथा संवर्धनको लागि यसवर्ष पनि संघले यहि फ्रेबु्रवरी १६ मा विभिन्न साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको संघका अध्यक्ष शेरसाङबो शेर्पाले सम्मेलन मार्फत जानकारी दिए ।ल्होसार राष्ट्रिय मौलिक चाड भएकाले कोरियास्थित सम्पुर्ण नेपालीहरुमा आपसी भाईचारा र भातृत्व कायम गर्ने भएकाले कोरियावासी नेपालीमा कार्यक्रममा सहभागी हुन शेर्पाले आग्रह गरे ।

    आगामी फागुन ४ गते हुने कार्यक्रममा स्थानिय कलाकारहरू र डिजेको बेजोड प्रस्तुति रहने भएकाले कोरियास्थित सम्पुर्ण शेर्पाहरु, विभिन्न संघ संस्था लगायतको उल्लाशमय सहभागिता रहने संघका महासचिव रिन्जि ङवाङ शेर्पाले बताए । कार्यक्रममा साँझको खाना तथा पेयपदार्थको पनि व्यवस्था गरिएको उनले बताए । कार्यक्रम राजधानी सउल स्थित ख्योबो सेङम्येङ बिल्डिङ वाङ्गसिम्निमा हुने आयोजकले बताएको छ ।

     

    सन् २०११ मा स्थापना भएको शेर्पासंघ दक्षिण कोरियाले मौलिक संस्कृति र पहिचानलाई जोगाउँदै हरेकवर्ष ग्याल्बो ल्होसार विशेष कार्यक्रम गर्दै आईरहेको छ । त्यस्तै कोरियास्थित शेर्पाहरुलाई एकजुट पार्दै संघले आपतविपतमा परेका शेर्पाहरुलाई आवाश्यक सहयोग, सिपमुलक तालिम, संचार लगायतका क्षेत्रहरुमा आवाश्यक सहयोग र पहल गर्दै आईरहेको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology