• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

इजरायलमा ग्याल्बेा लेासारकेा अवसरमा शेर्पा ड्रेस प्रतियेागिताका साथमा सांगितिक कार्यक्रम हुँदै

इजरायलमा ग्याल्बेा लेासारकेा अवसरमा शेर्पा ड्रेस प्रतियेागिताका साथमा सांगितिक कार्यक्रम हुँदै


समायोजन खबर
  • सोमबार, माघ १ २०७४

  •  

    समायेाजन खबर १५ जनवरी

    नेपाल शेर्पा संघ इजरायलकेा अ।येाजनामा शेर्पा जातिहरूकेा महान पर्व ग्याल्बेा लेासारकेा अवसरमा शेर्पा महिलाहरूकेा पेाषक(ड्रेस) प्रतियेागिता गर्ने भएकेा छ ।

    शेर्पा जातिहरूकेा कला,भाषा,संस्कृति,भेषभुषाकेा संरक्षण गर्ने उदेश्यले फरक ढंगबाट येा कार्यक्रम गर्न लागेकेा शेर्पा संघ इजरायलका अध्यक्ष छिरीँङ  डाेल्मा शेर्पाले जानकारी  दिनुभएकेा छ । जम्मा २८ जना  सहभागि हुन गइरहेकाे सेाही प्रतियेागितामा इजरायलमा बिभिन्न पेशा गरिरहेका शेर्पा महिलाहरू लगायत अन्य गैर शेर्पा महिलाहरूकेा समेत उत्साहजनक शहभागिता जनाएका छन् ।

    प्रतियेागि हुनेहरूमा निची शेर्पा देालखा ,तेन्डेामा शेर्पा देालखा,मिङमा शेर्पा तातेापानी ,सुमी लामा शेर्पा देालखा ,ल्हाक्पा लामा शेर्पा सेालुखुम्बु,स्टार शेर्पा सेालुखुम्बु,रिणु शेर्पा काठमान्डैा बैाध्द,ल्हमु शेर्पा देालखा ,ल्हेमी शेर्पा सेालुखुम्बु,दिकि शेर्पा सेालुखुम्बु ,पासाङ पुटी शेर्पा सेालुखुम्बु ,निमा शेर्पा देालखा,कृपा गुरूङ लमजुङ,निरू गुरूङ संखुवासभा,फुर्दिकी शेर्पा (पिनासा) काठमान्डैा ,केसाङ शेर्पा इलाम,निमु शेर्पा दार्जिलिङ ,नुमा खंबा बाखिम मेारङ पथरी,अ।ङ डेामा शेर्पा देालखा,निमु शेर्पा देालखा,ल्हमु शेर्पा देालखा,सानु शेर्पा सिन्धुपाल्चेाक लिस्ती,पेम्लेा शेर्पा देालखा चरिकेाट,टासी डेामा शेर्पा सेालुखुम्बु,गेल्मु शेर्पा खाम्बचे सेालुखुम्बु,पासाङ ल्हमु शेर्पा सिन्धुपाल्चेाक,क्ष्येाजि डुम्जन तामाङ सिन्धुपाल्चेाक ,कान्छी माया शेर्पा सेालुखुम्बु,सेानाम शेर्पा रामेछाप,पासाङ डेामा शेर्पा अे।खलडुंगा,पसी लामा भेाजपुर रहेका छन् ।

    प्रतियेागिता जनवरी ११ देखि फ्रेब्रुवारी ११ बेलुकी ९ बजे सम्म शेर्पा संघ इजरायलकेा फेजबुक पेजमा राखिएकेा प्रतियेागिहरूकेा फेाटेा लाइककेा संख्याकेा अ।धारमा बिजेता घेाषणा गरिने शेर्पा संघ इजरायलका महासचिब ल्हाक्पा लामाले बताउनुभएकाे छ ।

     

    पुरस्कार राशी

    Winner, 1st runner up , 2nd runner up गरी बिजेता घोषित गरी बिजेताहरुलाई क्रमश : १००० निस , ७०० निस र ५०० निस साथमा प्रमाण पत्र र क्राउन बितरण गरिनेछ ।

    यो नगद पुरस्कार Mobile home ले गरेकेा छ। बिजेताको घोषणा फ़ेव्रुवरी १७ तारीख शनिवार लोसार साँझ कार्यक्रमणमा गरीने अ।येाजकले जनाएकेा छ ।

     

    प्रतियेागिताका नियमहरू

    • प्रतियोगीको नाम थर र स्थायी ठेगाना हुनुपर्ने छ ।इजरायलमा बसेाबास गरिरहेकाहरुले मात्र यस प्रतियोगीतामा भाग लिन पाईने छ !• शेर्पा जातीको मौलिक भेषभुषा झल्किनु पर्ने छ । जसमा बख्खु , होङजु र पाङदेन अनिवार्य हुनु पर्ने छ । नोट: पाङदेन बिहिनको फोटोलाई पनि समावेश भने गराईनेछ• शेर्पा जातिको सम्पुर्ण गरगहना सहितको फोटोहरुलाई अझ बढी प्राथमिकता दिईनेछ ।
      • ड्रेसको कलर सकेसम्म मिलाएर लगाउनु पर्ने छ ।
      • आधुनिक फेशनको चाईनिज स्टाईलको बख्खुहरुलाई मान्यता दिईने छैन !
      • फोटोको लाईकको आधारमा बिजेता छनौट गरीनेछ ! लाईक गर्दा फोटो र शेर्पा संघ इजरायलको पेजलाई पनि अनिवार्य लाईक गरिनुपर्ने छ ! अन्यथा फोटोको मात्र लाईकलाई मान्य छैन !
      • निस्पक्ष रुपमा प्रतियोगीताको निर्णय गरिनेछ ! जसको निर्णायक मण्डलहरु यहाका संघ संस्थामा आवद्द भएका बुद्धिजीवीहरु रहनुहुनेछ !

      • फोटोहरु हामीलाई जनवरी १० तारीख भित्रमा उपलब्ध गराईसक्नु पर्ने छ ! जनवरी ११ तारीख देखि आएको अर्थात उपलब्ध भएको फोटोहरुलाई प्रतियोगितामा समावेश गर्न असमर्थ हुनेछौ !
      • जनवरी ११ तारीखबाट हामीले फेसबुकमा फोटोहरु पव्लिक गर्नेछौ तत्पश्चात को फेव्रुवर ११ तारीख आइतबार बेलुकी ९ बजे सम्मको लाईकहरुलाई मात्र गणना गर्नेछौ ! त्यसैको आधारमा बिजेता छनौट गरी फेव्रुवर १७ तारीख शनिवार ल्होसार कार्यक्रमको दिन बिजेताहरुको नाम घोषणा गरिने छ ।

     

    सांगितिक कार्यक्रमका लागि भब्य तयारी

    नेपाल शेर्पा संघ इजरायल द्वारा २१४५ औ सा फो खि ल्हो (कुकुर बर्ष) ग्याल्बो ल्होसार आउँदो १७ फेब्रुअरी २०१७ (शनिबार) तेलअविव स्थित Yadharuchi st. 11 मा रहेको हल Kaliyo Party Palace मा भव्यताको साथ मनाउन मनाउन सांगितिक कार्यक्रम समेत अ।येाजना गर्ने भएकेा छ |

    कार्यक्रमको लागि नेपालबाट आमान्त्रित युवा गायक दोर्जे लामा शेर्पा र शेर्पा पत्रकार ल्हाक्पा शेर्पा आउने भएका छन् | साथमा इजरायलमा रहेका नेपाली कलाकारहरुको जोडदार प्रस्तुति रहने शेर्पा संघ इजरायलले जनाएको छ |

    रात्रि भोज सहितको कार्यक्रमको प्रवेश टिकट शुल्क २३० सेकेल रहेको छ | टिकटमा भएको सिरिएल नम्बर अनुसार लक्की ड्रा बाट ३ जनालाई क्रमशः पहिलो ,द्धितीय र तेश्रो हुनेलाई ५०० , ३०० र २०० सेकेल नगद पुरुस्कारको व्यवस्था समेत रहेको छ |

     

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology