• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

आङकाजी शेर्पाले पृथ्वीनारायण शाहको फोटोमा थुक्न लगाए

आङकाजी शेर्पाले पृथ्वीनारायण शाहको फोटोमा थुक्न लगाए


समायोजन खबर
  • बिहिबार, पौस २७ २०७४

  • काठमाडौँ ।

    मुलुकका विभिन्न ठाउँमा ‘राष्ट्रिय एकता दिवस’ मनाइरहँदा कीर्तिपुरवासीले भने पृथ्वीनारायण शाह र दिवसको विरोध गरेका छन् ।

    राष्ट्रिय एकता दिवसको विरोधमा कीर्तिपुर डाँडामुनि रहेको छ्याक: ल्वहं (छ्याके ढुंगा)मा प्रदर्शन गर्दै स्थानीय ।

    नेपाल एकीकरण गर्दा कीर्तिपुरमा सयौंको कान र नाक काटेको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले कीर्तिपुरस्थित छ्याक: ल्वहं (छ्याके ढुंगा)मा विरोधस्वरुप थुक्ने गर्दछन् ।

    बिहीबार नेपा: प्रदेशमा आदिवासी जनजाति अभियान, नेवा: जागरण मञ्च र नेपा: युथ अर्गनाइजेसनको पहलमा विरोध प्रदर्शन गरेका थिए । ‘राज्यले राष्ट्रिय एकता दिवसका रुपमा मनाउने घोषणा गर्नु कीर्तिपुरवासीको अपमान हो,’अभियानका संयोजक अर्जुन महर्जनले भने, ‘ भूगोल जितेर कीर्तिपुरवासी पुर्खाको नाक, कान काटिनु जघन्य अपराधलाई हामी स्वीकार्न सक्दैनौं । राज्यले यो दिवस खारेज गर्नैपर्छ ।’एकीकरण अभियानमा प्रयोग भएका हातहतियारलाई कीर्तिपुरस्थित बाघभैरव मन्दिरको माथिल्लो भागमा झुण्ड्याएर प्रदर्शन गरिएको छ ।

    त्यसैगरी पृथ्वीनारायण ठेस लागेर लडेको ढुंगालाई पूजा गर्ने गरेको नेवा: पत्रकार राष्ट्रिय दबूका अध्यक्ष श्रीकृष्ण महर्जनले बताए । त्यस अवसरमा मञ्चका संयोजक सुजीव बज्रचार्य, युथका संयोजक राजाराम तन्डुकार, अधिकारकर्मी कृष्ण भट्टचन, आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्याललगायतले विचार व्यक्त गरेका थिए । त्यसअघि काठमाडौं असनदेखि कीर्तिपुरसम्म मोटरसाइकल विरोध र्‍याली र कीर्तिपुरवासीले देवढोकादेखि जुलुस प्रदर्शन गरेका थिए ।

    tvannapurnanews

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology