२२ पैाष,दुवर्इ । सिन्धुपाल्चोक सेवा समाज दुवर्इले २८५४ खी ल्हो अर्थात् सोनाम ल्होछार सांस्कृतिक साँझको आयोजना गर्ने भएको छ ।
आगामी फेब्रुअरी २ तारिखमा ल्होछार सांस्कृतिक साँझ मनाउने तयारी गरिरहेको समाजले बताए । समाजको अध्यक्ष मनोज नेपालले दिइएको जानकारी अनुसार कार्यक्रम भब्य एबं सब्य बनाउन नेपालबाट ख्याती प्राप्त राष्ट्रिय कलाकारहरु प्रेम लोप्चन र शशीकला मोक्तानको प्रस्तुति रहनेछ । युएईमा रहेका अन्य स्थानीय कलाकारको समेत जोड्दार प्रस्तुति रहनुका साथै सांस्कृतिक झल्कने अन्य झाँकी प्रदर्शन पनि हुने भएको छ ।
युएईको भब्य शहर दुबईको काल्टन होटलमा स्थानीय समयअनुसार दिनको २ बजेदेखि सुरु हुने कार्यक्रमको सम्पूर्ण तयारी भर्इरहेको कार्यक्रम संयोजक शम्सेर योञ्जनले सैलुङअनलाइनलार्इ जानकारी दिए ।
कार्यक्रममा उपस्तिथि भई कार्यक्रम सफल पारिदिन युएईमा रहनुहुने व्यापारी,बुद्धिजिबि,समाजसेवी, पत्रकार,कलाकार एबं सुभचिन्तक सम्पुर्णलाई आयोजकले अनुरोध गरेका छन् ।
silungonline
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology