• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

तामाङ बौद्ध महासंघको सहयोगार्थ मलेसियामा डम्फु साँझ

तामाङ बौद्ध महासंघको सहयोगार्थ मलेसियामा डम्फु साँझ


समायोजन खबर
  • शुक्रबार, पौस २१ २०७४

  • मलेसिया । मलेसियामा प्रथम डम्फु साँझ तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

    तामाङ बौद्ध महासंघ मलेसिया र नेपाल म्हार म्हेन्दो तामाङ कलाकार संघ मलेसियाको संयुक्त आयोजनामा पञ्च वर्षीय बौद्ध धर्म म्हानी मोलम शिक्षा तथा लिपि प्रशिक्षण सहयोगार्थ प्रथम डम्फु साँझ तथा साँस्कृतिक कार्यक्रम सोमबार मलेसियाको क्वालालम्पुर स्थिति केलाङ चौतारी रेस्टुरेन्टमा भव्यताका साथ सम्पन्न भएको हो ।

    उक्त कार्यक्रममा प्रमुख अतिथि आदिवासी जनजाती महासंघ मलेसियाका अध्यक्ष फूपू तेम्बा शेर्पा पिनासा र विशेष अतिथिमा चलचित्र निर्माता तथा निर्देशक राज कुमार मोक्तान तामाङ रहेको कार्यक्रममा अतिथिहरुमा भने शेर्पा किदुग मलेसियाका अध्यक्ष तेन्जी शेर्पा, नेपाल मगर संघ मलेसियाका वरिष्ठ उपाध्यक्ष दिपु पुलामी, तामाङ समाज मलेसियाका अध्यक्ष चक्र तामाङ, पर्देशी धामाकाका प्रबन्धक निर्देशक  रमेश  पौडेल,भोजपुर सेवा समाजका सहसचिब रविन राई नेपाल प्रावसी सितोरियो कराते संघ मलेसियाका सदस्य राम तिथुङ तामाङ, चौतारी रेस्टुरेन्टका संचालक राजु श्रेष्ठ , हिमालय अवार्डका म्यानेजिङ डाइरेक्टर राम चेम्जोङ राई , नायक तथा लेखक रितुराज पाख्रीन तामाङ र ताम्बा मिग्मार मोक्तान तामाङ लगायत रहेको थियो । भने कार्यक्रममा मलेसियामा रोजगारीका लागि आइपुगेका तामाङ तथा गैर तामाङहरु बाक्लो उपस्थिति रहेको थियो ।

    कार्यक्रम ताम्बा स्वागत गीतबाट सुरु गरिएको थियो। नेपाल म्हार म्हेन्दो तामाङ कलाकार संघका अध्यक्ष फुर्बा दोर्जे मोक्तान तामाङले मन्तव्य स्वागत राखिएको थियो । कार्यक्रमका प्रमुख अतिथि विशेष अतिथि र अतिथि लगायतले शुभकामना मन्तव्य दिदै बौद्ध धर्म म्हानी मोलम शिक्षा तथा लिपी संरक्षण र सम्बर्द्धनका लागि प्रवासमा समेत यो खालको कार्य गर्नु आफैमा एउटा महत्त्वपूर्ण कुरा रहेको जनाउँदै आयोजकको प्रशंसा गर्दै बौद्ध धर्म सम्बन्धि ज्ञानलाई गाउँ घर केन्द्रित गर्नुपर्ने औंल्याउदै सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत गरेको थियो ।

    कार्यक्रममा ताम्बा गीत,विभिन्न साँस्कृतिक प्रस्तुति र तामाङ चलचित्र सेम ताबा म्हि को विशेष प्रदर्शन समेत गरिएको थियो । नेपालबाट चलचित्र प्रदर्शन गर्न अतिथि कलाकारका रुपमा निर्माता तथा निर्देशक राजकुमार मोक्तान तामाङ र नायक ॠतुराज पाख्रीन तामाङ मलेसिया आएका थिए ।

    sailungonline

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology