• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रवासी खेलाडीलाई मलेसियामा सम्मान

प्रवासी खेलाडीलाई मलेसियामा सम्मान


समायोजन खबर
  • शुक्रबार, पौस २१ २०७४

  • २१ पैाष ,मलेसिया- नेपाली प्रवासी सितोरियो कराते संघ मलेसियामा प्रवासी खेलाडीहरुलाई प्रोत्साहन गर्न अवार्ड कार्यक्रम आयोजना गरेको छ। मलेसियाको होटेल ग्रेण्ड कन्टिनेन्टल क्वालालम्पुरमा आयोजित कार्यक्रममा १४ विद्यामा मनोनीत खेलाडीहरुलाई अवार्ड वितरण गरिएको थियो।

    करातेतर्फ राम तामाङ,नोर्बु तामाङ, राम आङदेम्बे, भीमबहादुर महर, सन्तोष रिजाललाई अवार्ड वितरण गरिएको थियो। त्यस्तै अन्तर्राष्ट्रिय रेफ्रीमा लक्ष्मी क्षेत्रीलाई अवार्ड प्रदान गरिएको थियो। २०१७ मा १ रजत पदक र ४ कास्य पदक जितेका तुलाराम धामीलाई बेस्ट अफ दी इयरको सम्मान पत्र पनि दिइएको थियो। कार्यक्रमका प्रमुख अतिथि मलेसियाका कार्यबाहक राजदूत कुमार राज खरेलले सम्मान पत्र प्रदान गरेका थिए।

    प्रवासमा बसेर पनि थारु समुदायलाई संगठित गर्ने अभियन्ता घनश्याम चौधरीलाई पनि सम्मान गरिएको थियो। उनलाई कान्तिपुरका संबाददाता रामचन्द्र गिरीले सम्मान प्रदान गरेका थिए।

    त्यस्तै मलेसियामा कामदारहरको हकहितमा काम गर्दै आएका  पिएनसीसीका संयोजक राम चन्द्र नेपाल र गैर आवासीय संघ नेपालका लालबहादुर आले मगरलाई पनि सम्मान गरिएको थियो।

    त्यस्तै संगीत क्षेत्रमा योगदान पुर्‍याउने रोजी श्रेष्ठ, कोष बम्जन तामाङलाई पनि सम्मान गरिएको थियो। सहित्य विधामा जीवन देवान गाउँले, हिमाल्यन फुटबल क्लबका अध्यक्ष सन्तोष कार्की, हास्य कलाकार अमिर अधिकारीलाई पनि सम्मान गरिएको थियो।

    -घनश्याम चौधरी/मलेसिया

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology