काठमाडौं, १ पैाष । सरकारले सूचीकृत गरेको ५९ आदिवासी जनजातिमध्ये १० जातीय समूहका ४५ जना हालै सम्पन्न निर्वाचनबाट प्रतिनिधिसभाको सदस्यमा निर्वाचित भएका छन् ।
सूचीकृतमध्ये जनसंख्याका आधारमा क्रमश: मगर ६, थारू १०, तामाङ ३, नेवार ९, राई ६, गुरुङ ३ र लिम्बूबाट ५ जनाले संसद्मा प्रतिनिधित्व गर्ने भएका छन् । कम जनसंख्याका सुनुवार र थकालीबाट एक/एक तथा हिमाली भेगमा बसोबास गर्ने सिंगो समुदायबाट एक जना मात्र विजयी भएका छन् । प्रतिनिधिसभा समानुपातिकतर्फ भने परिणाम आउन बाँकी छ । जनजाति मुद्दामा संलग्न अधिकांश नेता दलहरूको समानुपातिक सूचीमा रहेका छन् । प्रतिनिधिसभामा संख्यात्मक हिसाबले जनजातिको उल्लेख्य उपस्थिति रहे पनि उसका मुद्दामा ‘दिशानिर्देश गर्न नसक्ने’ सम्बन्धित समुदायका अगुवाले टिप्पणी गरेका छन् । ‘आदिवासी जनजाति नेताहरू जुन दलबाट जिते पनि कारिन्दा मात्र हुन्,’ एक नेताले भने, ‘तर पनि राजनीतिक रूपमा नीतिनिर्माण तहमा पुग्नु आंशिक उपलब्धिका रूपमा लिनुपर्छ । जनजाति, उत्पीडित, अल्पसंख्यकका पक्षमा केकति काम गर्छन्, त्यो आशालाई विश्वासमा परिणत गर्ने र काम गरेर देखाउने अवसर उनीहरूले पाएका छन् ।’
नेपाल आदिवासी जनजाति महासंघका पूर्वमहासचिव बालकृष्ण माबुहाङले प्रतिनिधिसभामा जतिसुकै जनजाति पुगे पनि कुनै अर्थ नहुने बताए । ‘वामपन्थीले जनजाति मुद्दालाई उछालेर लिस्नो मात्र बनाए,’ उनले भने, ‘नवनिर्वाचितले पनि पहिचानको प्रतिनिधित्व गर्छन् भन्ने लाग्दैन ।’
पहिलो संविधानसभा २०६४ मा प्रत्यक्ष र समानुपातिक गरी जनजाति सभासदको संख्या २ सय १८ थियो । दोस्रो संविधानसभामा पनि १ सय ८९ जनाले संसद्मा प्रतिनिधित्व गरेका थिए । पहिलो संविधानसभामा जनजाति सभासदको ककस नै बनेको थियो । ककसले जनजातिको मुद्दा ‘बढी उछालेको’ भन्दै दोस्रोमा दलहरूले आफ्ना सभासदलाई नलाग्न हवीप जारी गरे भने नियमावली बनाएर त्यस्ता संगठन निर्माणको बाटो बन्द गरिएको थियो ।
प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचित
एमालेबाट
पार्वत गुरुङ (दोलखा)
जयकुमार राई (सुनसरी– १)
लालप्रसाद साँवा लिम्बू (झापा–४)
वसन्तकुमार नेम्वाङ (पाँचथर)
शेरबहादुर तामाङ (सिन्धुपाल्चोक–२)
राजेन्द्रकुमार राई (धनकुटा)
सुवासचन्द्र नेम्वाङ (इलाम–२)
भवानीप्रसाद खापुङ (तेह्रथुम)
कृष्णकुमार श्रेष्ठ (तनहुँ–१)
यज्ञराज सुनुवार (ओखलढुंगा)
दलबहादुर राना (पाल्पा–१)
प्रेमबहादुर आले (डोटी)
कृष्णलाल महर्जन (ललितपुर–२)
नारदमुनि राना (कैलाली–५)
लीलानाथ श्रेष्ठ (सिरहा–३)
कृष्णगोपाल श्रेष्ठ (काठमाडौं–९)
कृष्णबहादुर राई (काठमाडौं–३)
रामवीर मानन्धर (काठमाडौं–७)
जीवनराम श्रेष्ठ (काठमाडौं–८)
धनबहादुर बुढा (डोल्पा)
प्रेमप्रसाद तुलाचन (मुस्ताङ)
पोल्देनछोपाङ गुरुङ (मनाङ)
मेटमणि चौधरी (दाङ–१)
माओवादी केन्द्र
सन्तकुमार थारू (बर्दिया–२)
गंगाबहादुर तामाङ (काभ्रेपलान्चोक–१)
श्यामकुमार श्रेष्ठ (रामेछाप)
वर्षमान पुन (रोल्पा)
देवप्रसाद गुरुङ (लमजुङ)
बिना मगर (कञ्चनपुर–१)
हितबहादुर तामाङ (नुवाकोट–१)
सुदन किराँती (भोजपुर)
अमनलाल मोदी (मोरङ–४)
गौरीशंकर चौधरी (कैलाली–३)
सुरेशकुमार राई (उदयपुर–२)
हेमकुमार राई (सोलुखुम्बु)
कमला रोका (रुकुम पूर्व)
नेपाली कांग्रेस
विजयकुमार गच्छदार (सुनसरी–३)
उमाकान्त चौधरी (बारा–१)
तेजुलाल चौधरी (सप्तरी–४)
भीमसेनदास प्रधान (काठमाडौं–६)
प्रकाशमान सिंह (काठमाडौं– १)
राजपा
रेशमलाल चौधरी (कैलाली–१)
चन्द्रकान्त चौधरी (सप्तरी–३)
राप्रपा
राजेन्द्रप्रसाद लिङदेन (झापा–३)
स्वतन्त्र
छक्कबहादुर लामा (हुम्ला)
श्रोत, इकान्तिपुर
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology